ताजा समाचार

बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक प्राहार गरिन्।

कप्तान सविना खातुनले दुई तथा रितु चक्मा र सेउली अजिमले एक गोल गरिन् । भुटानका लागि डेकि ल्हाजोमले सान्त्वना गोल फर्काएकि छन् ।

बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । भुटान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । फाइनलमा बङ्गलादेशले नेपाल र भारतबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतको सेमिफाइनल खेल आजै साँझ ६ः३० बजे हुनेछ । नेपाल समूह ‘बी’ को विजेता र भारत ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org