स्वदेशी फूल प्रयोग गर्न आग्रह
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।
तिहारको समयमा प्लाष्टिकका फूलमालाले बजार नै छपक्कै ढाकिन्छ । यस्ता प्लाष्टिकका फूलमालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा यहाँका आठवटै स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् । साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचनामार्फत अनुरोध गरेका छन् ।
स्थानीयस्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवद्र्धन गर्न यहाँका कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएको थियो । कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको बताए ।
सामाजिक सञ्जालको प्रयोग गरी, स्थानीय पुष्पखेती गर्ने किसानसँग समन्वय गर्दै उनीहरूको सम्पर्क नम्बर सहित पालिकाको पेजमार्फत सूचित गर्ने काम गरिएको बताए । पालिकाभित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्नसक्ने उनले बताए । पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको र कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उनको भनाइ छ ।
जिल्लाको देवचुली नगरपालिकाले समेत युवा लक्षित पुष्पखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय उत्पादनबाट नै पालिकाको माग पूरा गर्न पुष्पखेतीमा बीउ बिरुवामा अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख पार्वता तिवारीले बताए । उनले देवचुलीमा प्लाष्टिकका फूलमालालाई प्रतिबन्ध गरेको बताए । स्थानीय पुष्पखेती गर्ने किसानलाई हौसला दिन र वातावरण स्वच्छ राख्नका लागि किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न पालिकावासीमा अनुरोध गरिएको उनले बताए । उनले स्थानीय किसानले उत्पादन गरेका फूलमालाको बजारीकरणमा पालिकाले समन्वय र सहजीकरण गर्ने बताए ।
विनयी त्रिवेणी गाउँपालिकाले पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साह गर्दै उत्पादनको बिक्री वितरणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । पालिकाले प्लाष्टिकका फूलमालालाई निरुत्साहित गर्दै स्थानीय किसानले लगाएको फूलमाला प्रयोगमा जोड दिन पालिकावासीमा आग्रह गरेको छ । “पालिकाले स्थानीय पुष्पखेती गर्ने किसानसँग सहकार्य गर्दै उपभोक्ताको सहजताका लागि किसानको नाम ठेगाना र नम्बरसहितको सूचना पालिकाको फेसबुक पेजमार्फत र वेभसाइटमार्फत सम्प्रेषण गरेको छ, हाम्रो धारणा स्थानीय फूलले सहज बजार पाओस भन्ने हो”। अध्यक्ष गिरीले भने । यस कार्यले किसानको पुष्पखेतीको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिएको उनको भनाइ छ । उपभोक्ताले आफ्नो नजिक पर्ने किसानलाई सिधै सम्पर्क गरेर फूलमाला खरिद गर्नसक्ने उनले बताए ।
यस्तै जिल्लाको पहाडी पालिका बौदीकालीले समेत पुष्प खेतीलाई प्रोत्साहन गर्दै किसानलाई अनुदानमा बीउ वितरण गरेको थियो । यहाँ व्यावसायिक रुपमा पुष्प खेतीको सुरुआत गत वर्षबाट भएको थियो । पालिका आफैँले बजारीकरणको जिल्ला लिएर रु दुई लाख बराबरको फूलमाला बिक्री वितरण गरेको थियो । यस वर्ष पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साहन गर्दै बजारीकरणमा सहयोग गर्ने पालिका अध्यक्ष प्रकाश ओझाले बताए ।
चाडपर्वमा आवश्यक पर्ने फूलमालाको आयात रोक्दै निर्यात गर्ने लक्ष्यसहित पालिकाले पुष्पखेती गर्ने किसानलाई अभिप्रेरित गरिएको ओझाले बताए । आफ्नै नजिक र पायक पर्ने ठूला सहर पोखरा, बुटवल, चितवन, कावासोतीमा फूलमाला निर्यात गर्ने लक्ष्य सहित पुष्पखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराएको र बजारीकरणमा पनि सहयोग गर्ने ओझाले बताएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











