कालीगण्डकीमा पक्की पुल निर्माण
काठमाडौं । पर्वत र गुल्मी जिल्ला जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण गरिएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गरिएको हो ।
तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौमा रु १४ करोड ६७ लाखमा पुल बनाउन सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैतसम्म कार्यसम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । विविध कारणले आठ वर्षपछि मात्र पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको जिम्मा पाएको एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँका साइड इन्चार्ज अच्युत लम्सालले कोरोना सङ्क्रमण, निर्माण सामग्री अभाव तथा सरकारबाट रकम भुक्तानीमा भएको ढिलाइ लगायतका कारणले पुल निर्माण समयमै सम्पन्न हुन नसकेको बताए ।
पुल निर्माणका लागि तत्कालीन तम्घास सिमलटारी प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौँबीच सम्झौता भए पनि बीचमा उक्त कार्यालय नै खारेज भएका कारण पुल निर्माण कार्य लम्बिएको थियो । विसं २०७९ मा सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएपछि पुल निर्माणले गति लिएको थियो ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताउनुभयो । पुल निर्माण भएपछि पर्वत र गुल्मीका नागरिकको यात्रा सहज बनेको छ । पुल निर्मासँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन् ।
पुल सम्पन्न भए पनि निर्माण व्यवसायीले काम गरेको रकम लिन बाँकी रहेको छ । निर्माण व्यवसायीका साइड इन्चार्ज अच्युत लम्सालले कार्यालयवाट रु चार करोड भुक्तानी लिन नसक्दा समस्या परेको बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार रकम अभावका कारण भुक्तानी दिन नसकिएको बताए । बजेटका लागि विभागमा माग गरिएको र बजेट आउनासाथ भुक्तान गरिने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












