विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ बहस
काठमाडौं । निलम्बित मुख्यसचिव डा.बैकुण्ठ अर्याल जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई प्रतिवादीकातर्फबाट कानुन व्यवसायीहरूसँग अमेरिकाबाट भर्चुअल माध्यमबाट बहस गरेको छ ।
अमेरिकाको कान्सास राज्यमा रहेका प्रतिवादीहरू सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट कानुन व्यवसायी अधिवक्ता अपुर्व खतिवडाले हिजो १०ः३० बजे अमेरिकाबाट भर्चुअल माध्यमबाट बहस तथा छलफल गरेको थियो। हिजो कार्तिक १२ गते सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश खुसी प्रसाद थारु र रितेन्द्र थापाको इजलासमा भर्चुअल सुनुवाइ भएको विशेष अदालत स्रोतले बताएको छ ।
गत २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको आरोपमा मुख्यसचिव डा.अर्याल,अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्यसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरू विरुद्ध ३८ करोड ६७ लाख १७ हजार रुपैयाँको बिगो माग गरिएको छ। विशेष अदालतले २०८० चैत १५ गतेपछि थुनछेक प्रयोजनको लागि अभियुक्तको साक्षी बकपत्र बयान समेत भर्चुअल माध्यमबाट गर्दै आएको छ।
विशेष अदालतको अध्यक्षमा टेक नारायण कुवँर आएपछि उनले भर्चुअल माध्यमबाट थुनछेक बहस, बयान लिन थालेको छ। वादी,प्रतिवादी काम विशेषले विशेष अदालतमा भौतिक रूपमा उपस्थित हुन नसकेका र विदेशमा रहेका वादी,प्रतिवादी र अभियुक्तको साक्षी बकपत्र, बयान तथा कानुन व्यवसायीले भर्चुअल माध्यमबाट बहस गरिरहेको छ,अब प्रत्यक्ष सुनुवाइ गर्ने तयारी समेत गरिरहेको विशेष अदालत स्रोतले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












