विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ बहस
काठमाडौं । निलम्बित मुख्यसचिव डा.बैकुण्ठ अर्याल जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई प्रतिवादीकातर्फबाट कानुन व्यवसायीहरूसँग अमेरिकाबाट भर्चुअल माध्यमबाट बहस गरेको छ ।
अमेरिकाको कान्सास राज्यमा रहेका प्रतिवादीहरू सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट कानुन व्यवसायी अधिवक्ता अपुर्व खतिवडाले हिजो १०ः३० बजे अमेरिकाबाट भर्चुअल माध्यमबाट बहस तथा छलफल गरेको थियो। हिजो कार्तिक १२ गते सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश खुसी प्रसाद थारु र रितेन्द्र थापाको इजलासमा भर्चुअल सुनुवाइ भएको विशेष अदालत स्रोतले बताएको छ ।
गत २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको आरोपमा मुख्यसचिव डा.अर्याल,अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्यसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरू विरुद्ध ३८ करोड ६७ लाख १७ हजार रुपैयाँको बिगो माग गरिएको छ। विशेष अदालतले २०८० चैत १५ गतेपछि थुनछेक प्रयोजनको लागि अभियुक्तको साक्षी बकपत्र बयान समेत भर्चुअल माध्यमबाट गर्दै आएको छ।
विशेष अदालतको अध्यक्षमा टेक नारायण कुवँर आएपछि उनले भर्चुअल माध्यमबाट थुनछेक बहस, बयान लिन थालेको छ। वादी,प्रतिवादी काम विशेषले विशेष अदालतमा भौतिक रूपमा उपस्थित हुन नसकेका र विदेशमा रहेका वादी,प्रतिवादी र अभियुक्तको साक्षी बकपत्र, बयान तथा कानुन व्यवसायीले भर्चुअल माध्यमबाट बहस गरिरहेको छ,अब प्रत्यक्ष सुनुवाइ गर्ने तयारी समेत गरिरहेको विशेष अदालत स्रोतले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












