शेयर बजार परिसूचकमा रौनकता, ४६.६९ अंकले वृद्धी
काठमाडौं । तिहार अघि शेयर बजार परिसूचकमा पुनः रौनकता फर्किएको छ । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो ।
आज परिसूचक १.७६ प्रतिशतले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । दिनभरमा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार बारबारको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ ।
२२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ६१४ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी ३.६० प्रतिशतले बढेर १३ हजार १९९.०९ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ५९८.३९ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह १.६० प्रतिशतले, विकास बैंक २.३२ प्रतिशतले, फाइनान्स ०.३८ प्रतिशतले, होटल तथा पर्यटन २.७७ प्रतिशतले, हाइड्रोपावर २.०३ प्रतिशतले, लगानी १।३६ प्रतिशतले, जीवन बीमा १.८० प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, म्युचुअल फण्ड १.३३ प्रतिशतले र अन्य समूह १.५७ प्रतिशतले बढेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












