व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
काठमाडौँ: आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल गर्नेको घुइँचो पनि बढेको छ ।
विशेषत धनेतरसका दिन आज बजारमा विशेषत बहुमूल्य सुन, चाँदी, तामालगायत भाँडाकुँडा, गरगहना र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो अत्यधिक देखिएको छ । व्यापारी ग्राहकका चापका कारण व्यस्त देखिन्थे ।
लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारी पनि हर्षित देखिन्छन् । पुस्तौँदेखि असन चोकमा ‘ड्राइ फ्रुस्ट’को व्यापार गर्दै आउनुभएका सुजन प्रधानलाई तिहारमा भ्याइनभ्याइ छ । सामान्य समयभन्दा तिहारको समयमा दश गुणा बढी व्यापार भइरहेको उहाँ बताउनुहुन्छ ।
“दश गुणासम्म बढी व्यापार छ । पसलमा रेगुलर ग्राहकबाहेक पनि धेरै थपिनुभएको छ । यति धेरै ग्राहक आउनुहुन्छ, बोल्दाबोल्दै स्वर नै सुक्ने बेला भइसक्यो”, व्यापारको हर्षमा उहाँले सुनाउनुभयो । प्रधानले अधिकांश सुक्खा फल नरिवल, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अंजिर र किसमिस भारत, चीन, अरब र अमेरिकाको क्यालिर्फोनियाबाट आयात हुने गरेको बताउनुभयो । “देश बाहिरबाट आयात हुने कारणले पनि मूल्य बढी पर्न जान्छ तर किन्ने ग्राहकको कमी भएको छैन”, उहाँले भन्नुभयो ।
असनमा विगत १५ वर्षदेखि बत्तीको व्यवसाय गर्दै आउनुभएका अर्का व्यापारी पूर्णबहादुर महर्जन पनि सामान्य समयभन्दा पाँच गुणा बढी व्यापार भइरहेको बताउनुहुन्छ । पर्व लक्षित झिलीमिली बत्तीको व्यापार बढेको उहाँको भनाइ छ । “अन्य समयमा भन्दा तिहारमा पाँच गुणा बढी व्यापार गर्छौ”, महर्जन भन्नुहुन्छ, “तर यस वर्ष बत्तीको व्यापार तुलनात्मक रुपमा अघिल्ला वर्षहरु भन्दा कम छ । यस पटक २५ प्रतिशतमात्र व्यापार भइरहेको छ । हामी होलसेलमा बिक्री गर्दथ्यौँ, अहिले रिटेलमा बिक्री गर्न बाध्य छौँ ।” चीनबाट आयातित हुने झिलीमिली बत्ती ग्राहकले धेरै रुचाउने उहाँले बताउनुभयो, “सस्तो र आर्कषक डिजाइनमा पाइने हुँदा चीनबाट आयात गरेका बत्ती धेरै बिक्री हुन्छ ।”
इन्द्रचोक नजिकै विगत तीन वर्षदेखि व्यापारी गर्दै आउनुभएका देवीप्रसाद चौलागाईले तिहारमा ढाकाको टोपी धेरै बिक्री हुने बताउनुहुन्छ । “तिहारमा विशेषत सस्तो टोपी खोज्ने ग्राहक बढी आउनुहुन्छ । तर पछिल्ला वर्षमा टोपीकै व्यापार घट्दै गएको छ”, चौलागाईले भन्नुभयो । तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहक भने महँगीले आजित भएको गुनासो गर्छन् ।
“अहो कति महँगो !”, कलङ्कीबाट किनमेलका लागि असन पुग्नुभएका कमला सुवेदी र सरिता दाहालले एकै स्वरमा भन्नुभयो । दाहालले थप्नुभयो, “सस्तो सामान एकै ठाउँमा पाइन्छ भनेर यहाँसम्म आइयो । तर बजार भाउ छोइनसक्नु रहेछ ।” यस्तै, गोङ्गबुबाट परिवारसहित किनमेल गर्न न्यूरोड आउनुभएका राजाराम रेग्मीले पनि अत्यधिक मूल्यवृद्धिप्रति असन्तुष्टि जनाउनुभयो । “बजारमा चलि नसक्नु महँगी छ !”, आफूहरुले खरिद गरेको सामानको पोको देखाउँदै रेग्मीले भन्नुभयो, “लक्ष्मी पुज्नका लागि किनेको यही सामान र भाइमसला पोहोरभन्दा दुई गुणा बढी मूल्यमा खरिद गर्न बाध्य भयौँ ।”
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











