व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
काठमाडौँ: आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल गर्नेको घुइँचो पनि बढेको छ ।
विशेषत धनेतरसका दिन आज बजारमा विशेषत बहुमूल्य सुन, चाँदी, तामालगायत भाँडाकुँडा, गरगहना र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो अत्यधिक देखिएको छ । व्यापारी ग्राहकका चापका कारण व्यस्त देखिन्थे ।
लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारी पनि हर्षित देखिन्छन् । पुस्तौँदेखि असन चोकमा ‘ड्राइ फ्रुस्ट’को व्यापार गर्दै आउनुभएका सुजन प्रधानलाई तिहारमा भ्याइनभ्याइ छ । सामान्य समयभन्दा तिहारको समयमा दश गुणा बढी व्यापार भइरहेको उहाँ बताउनुहुन्छ ।
“दश गुणासम्म बढी व्यापार छ । पसलमा रेगुलर ग्राहकबाहेक पनि धेरै थपिनुभएको छ । यति धेरै ग्राहक आउनुहुन्छ, बोल्दाबोल्दै स्वर नै सुक्ने बेला भइसक्यो”, व्यापारको हर्षमा उहाँले सुनाउनुभयो । प्रधानले अधिकांश सुक्खा फल नरिवल, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अंजिर र किसमिस भारत, चीन, अरब र अमेरिकाको क्यालिर्फोनियाबाट आयात हुने गरेको बताउनुभयो । “देश बाहिरबाट आयात हुने कारणले पनि मूल्य बढी पर्न जान्छ तर किन्ने ग्राहकको कमी भएको छैन”, उहाँले भन्नुभयो ।
असनमा विगत १५ वर्षदेखि बत्तीको व्यवसाय गर्दै आउनुभएका अर्का व्यापारी पूर्णबहादुर महर्जन पनि सामान्य समयभन्दा पाँच गुणा बढी व्यापार भइरहेको बताउनुहुन्छ । पर्व लक्षित झिलीमिली बत्तीको व्यापार बढेको उहाँको भनाइ छ । “अन्य समयमा भन्दा तिहारमा पाँच गुणा बढी व्यापार गर्छौ”, महर्जन भन्नुहुन्छ, “तर यस वर्ष बत्तीको व्यापार तुलनात्मक रुपमा अघिल्ला वर्षहरु भन्दा कम छ । यस पटक २५ प्रतिशतमात्र व्यापार भइरहेको छ । हामी होलसेलमा बिक्री गर्दथ्यौँ, अहिले रिटेलमा बिक्री गर्न बाध्य छौँ ।” चीनबाट आयातित हुने झिलीमिली बत्ती ग्राहकले धेरै रुचाउने उहाँले बताउनुभयो, “सस्तो र आर्कषक डिजाइनमा पाइने हुँदा चीनबाट आयात गरेका बत्ती धेरै बिक्री हुन्छ ।”
इन्द्रचोक नजिकै विगत तीन वर्षदेखि व्यापारी गर्दै आउनुभएका देवीप्रसाद चौलागाईले तिहारमा ढाकाको टोपी धेरै बिक्री हुने बताउनुहुन्छ । “तिहारमा विशेषत सस्तो टोपी खोज्ने ग्राहक बढी आउनुहुन्छ । तर पछिल्ला वर्षमा टोपीकै व्यापार घट्दै गएको छ”, चौलागाईले भन्नुभयो । तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहक भने महँगीले आजित भएको गुनासो गर्छन् ।
“अहो कति महँगो !”, कलङ्कीबाट किनमेलका लागि असन पुग्नुभएका कमला सुवेदी र सरिता दाहालले एकै स्वरमा भन्नुभयो । दाहालले थप्नुभयो, “सस्तो सामान एकै ठाउँमा पाइन्छ भनेर यहाँसम्म आइयो । तर बजार भाउ छोइनसक्नु रहेछ ।” यस्तै, गोङ्गबुबाट परिवारसहित किनमेल गर्न न्यूरोड आउनुभएका राजाराम रेग्मीले पनि अत्यधिक मूल्यवृद्धिप्रति असन्तुष्टि जनाउनुभयो । “बजारमा चलि नसक्नु महँगी छ !”, आफूहरुले खरिद गरेको सामानको पोको देखाउँदै रेग्मीले भन्नुभयो, “लक्ष्मी पुज्नका लागि किनेको यही सामान र भाइमसला पोहोरभन्दा दुई गुणा बढी मूल्यमा खरिद गर्न बाध्य भयौँ ।”
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












