सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक बढेको जनाएको छ ।
सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशित गरेको नयाँ प्रतिवेदनमा बालबालिकाहरू दुर्व्यवहारको सिकार भइरहेका र महिला र युवतीहरू यौन दासत्वका लागि अपहरण भइरहेको जनाएको छ ।
“सुडानमा अहिले कुनै सुरक्षित स्थान छैन”, अनुसन्धानका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले एक विज्ञप्तिमा बताउनुभयो ।
देशको वास्तविक शासक अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उहाँको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध चलिरहेको छ।
सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले सोमबार सुडानले भोकमरी, हिंसा, रोग र अकथनीय अत्याचारको “दुःस्वप्न” सहिरहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार युद्धका कारण करिब ११.३ मिलियन मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । दुई करोड ५० लाखभन्दा बढी मानिसहरू तीव्र भोकमरीको सामना गरिरहेका छन् ।
एसएएफ, आरएसएफ र यसका सहयोगीहरुले “ठुलो मात्रामा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेका छन्, जसमध्ये धेरै युद्ध अपराध र मानवता विरुद्धको अपराध हुनसक्ने मिसनको निष्कर्षले जनाएको छ ।
“सुडानमा हामीले दस्तावेज गरेको यौन हिंसाको मात्रा आश्चर्यजनक छ”, तान्जानियाका पूर्व मुख्य न्यायाधीश ओथम्यानले भन्नुभयो , “कमजोर नागरिक, विशेष गरी सबै उमेरका महिला युवतीहरूले सामना गरिरहेको अवस्था चिन्ताजनक छ र तत्काल सम्बोधनको आवश्यकता छ ।”
संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले सन् २०२३ को अक्टोबरमा सुडानका लागि ओथम्यानको अध्यक्षतामा तीन सदस्यीय मिसन स्थापना गरेको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











