उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
काठमाडौं । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उहाँको पहिलो हतियार परीक्षण हो ।
परमाणु–सशस्त्र उत्तर कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर–महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण वा परमाणु परीक्षणसमेत गर्नसक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।
यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकहरूलाई रुसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टा पछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिकहरू रुसी वर्दीमा युक्रेन विरुद्ध सम्भावित कारबाहीका लागि तैनाथ गरिएको चेतावनी दिएका थिए ।
“अहिलेसम्मको प्रारम्भिक मूल्याङ्कनअनुसार प्योङयाङले नयाँ ठोस चालित लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ”, सोलको सेनाले भन्यो । क्षेप्यास्त्र उच्च प्रक्षेपवक्रमा अर्थात् बाहिर नभई माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।
प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रहरूको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ ।
उत्तर कोरियाले प्रतिबन्ध–विपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीहरूलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमलाई उद्धृत गर्दै बताएको छ ।
परीक्षणले उत्तर कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्डहरू अपडेट गरेको’ बताइएको छ । किमले आफ्नो देशले ‘आफ्नो परमाणु शक्तिहरू बलियो बनाउने आफ्नो लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गरेको छ ।
टोकियोले ‘आइसिबिएम वर्गको’ क्षेप्यास्त्र उत्तरले पहिले परीक्षण गरेको कुनै पनि भन्दा लामो समयसम्म उडेको बताएको छ । यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।
“यसको उडान उचाई हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ”, जापानी रक्षामन्त्री जेन नाकातानीले पत्रकारहरूलाई बताए ।
वासिङ्टनले यो प्रक्षेपणलाई ‘संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का धेरै प्रस्तावको स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता शन सावेटले एक वक्तव्यमा बताए ।
प्रमुख क्षेत्रीय सहयोगीहरू सोल, वासिङ्टन र टोकियोले अमेरिकी रणनीतिक सम्पत्तिहरू समावेश गरेर संयुक्त सैन्य अभ्यासहरूद्वारा जवाफ दिने सोलले बताएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति युक सुक येओलले पनि देशले उत्तर कोरियामाथि ‘नयाँ स्वतन्त्र प्रतिबन्धहरू लगाउने’ र साझेदारहरू र संयुक्त राष्ट्रसङ्घसँग मिलेर प्योङयाङको ‘सुरक्षा परिषद् प्रस्तावहरूको नियमित उल्लङ्घन’ लाई दण्डित गर्न काम गर्ने बताए ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












