युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा
मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नु भएको छ । यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ ।
अमेरिका र दक्षिण कोरिया ले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाँइमा सहभागी हुने बताउदै आएका छन् । वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ ।
“विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गर्नु भएको हो । उहाँले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको “बुद्धिमानी नेतृत्व“ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउदै सम्बन्ध सक्षम बनाएको उल्लेख गर्नु भएको छ ।
उहाँले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गर्नु भएको छ भने प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ । रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका “सेना र विशेष सेवाहरू“ बीचको “घनिष्ठ सम्बन्ध“ को प्रशंसा गर्नु भएको छ भने युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस आभारी“ रहेको बताउनु भएको छ ।
सन् २०२२ फेब्रुअरी मा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखा परेका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको “नयाँ चरण“ सुरु गरेको बताउनु भएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












