प्रधानमन्त्री ओली मंसिरमा चिन जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिरमा चिन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले चीनको औपचारिक भ्रमणको मिति निर्धारण भएको जानकारी दिएका हुन्। रिमालका अनुसार प्रधानमन्त्री आगामी मंसिर १७ देखि २० सम्म तिन दिने चिन भ्रमणमा जाने भएका हुन् ।
उक्त भ्रमणका क्रममा क्रममा किमाथांका, कोरोला र हिल्सा नाका सुचारु गर्ने, सन् २०१७ मा हस्ताक्षर भएर पनि कार्यान्वयनमा रोकिएको परियोजना अघि बढाउने, बहुप्रतिक्षित सिगात्से–केरुङ–काठमाण्डौ रेल्वेको कामलाई तीव्रता दिने, र पोखरा विमानस्थलको ऋण मिनाहा गर्ने जस्ता विषयहरूमा छलफल हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाकारी दिए।
अघिल्लो महिना न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल भ्रमणको सम्भावना भएको चर्चा भए पनि हालसम्म प्रधानमन्त्री ओलीलाई दिल्लीबाट औपचारिक निमन्त्रणा आएको छैन्। यसपटक प्रधानमन्त्री ओलीले दिल्लीको सट्टा बेइजिङको निमन्त्रणा स्वीकार गर्दै एक नयाँ पहल गर्न लागेका हुन्।
भ्रमणको गृहकार्य पूरा गरेर तिहारपछि बस्ने मन्त्रिपरिषद् बैठकले कार्यतालिका अनुमोदन गर्नेछ ।
Comments
अरु समाचार
-
आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सको पहिलो जित हात
काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ । गौस र...
-
रोहितको कप्तानी पारिमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको विजय लक्ष्य
काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मदतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...
-
चितवन राइनोज विरुद्ध कर्णाली याक्सको संघर्षपूर्ण जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । आजा टियु स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
भूटानी राजा काठमाडौंमा, स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्कने
काठमाडौं । भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा...
-
एनपीएलः आज चितवन र कर्णाली तथा लुम्बिनी र पोखरा भिड्दै
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं र एघारौं खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली...
-
वाइडबडी विमान खरिदमा अनियमितता गर्ने कसलाई कस्तो जेल सजाय ?
काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई...
-
जनकपुरधाममा आज भगवान श्रीराम र सीताको विवाह उत्सव
जनकपुरधाम । आजु मिथिला नगरिया निहाल सखिया… २ चारों दुलहा में बड़का कमाल सखिया… २ जनकपुरधाममा अहिले जताततै यस्तै बैवाहिक...