सरकारले सय दिनमा राम्रो काम गरेको छ,पार्टीको तर्फबाट कुनै किसिमको अवरोध हुँदैन: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताएका छन् ।
आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास ब्यक्त गरेका हुन् ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा राम्रो काम गरेको बताएका हुन् । अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । सरकारको सय दिन बल्ल पुगेको बताउँदै देउवाले यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यालोचना सबै हुन्छ भने ।
अहिले देशमा संयुक्त सरकार छ भन्दै उनले हामी सरकार भएको कारण मैले भनेको होइन साच्चै राम्रो काम गरेको सभापति देउवाको दाबी थियो । सभापति देउवाले भने,‘मलाई विश्वास छ प्रधानमन्त्री ओलीले अझै यस्तै राम्रो काम गर्नुहुने छ । ’ प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो, सभापति देउवाले त्यसलाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने बताए ।
आएका आलोचनाहरू सम्बन्धमा पनि तथ्यपरक भएर सरकारले ध्यान दिने र आफूले पनि प्रधानमन्त्री ओलीलाई प्रोत्साहन गर्ने बताए । आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने उनको भनाई थियो । सभापति देउवाले हाम्रो देश ठूला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले शक्ति सन्तुलन लगायत सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए ।
उनले देशभरका पार्टीहरू संयुक्त सरकार बनेयता खुसी र रहेको र यो सरकारलाई पुरा समयसम्म सफल पार्न आएका समस्यालाई समाधान गर्न लाग्ने बताए । सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउँदै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काँग्रेसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी,पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँ ,जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापा,जिल्ला नेता रवीन्द्र प्रधान र यादव अधिकारीले काँग्रेसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्न सक्नुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












