सरकारले सय दिनमा राम्रो काम गरेको छ,पार्टीको तर्फबाट कुनै किसिमको अवरोध हुँदैन: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताएका छन् ।
आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास ब्यक्त गरेका हुन् ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा राम्रो काम गरेको बताएका हुन् । अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । सरकारको सय दिन बल्ल पुगेको बताउँदै देउवाले यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यालोचना सबै हुन्छ भने ।
अहिले देशमा संयुक्त सरकार छ भन्दै उनले हामी सरकार भएको कारण मैले भनेको होइन साच्चै राम्रो काम गरेको सभापति देउवाको दाबी थियो । सभापति देउवाले भने,‘मलाई विश्वास छ प्रधानमन्त्री ओलीले अझै यस्तै राम्रो काम गर्नुहुने छ । ’ प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो, सभापति देउवाले त्यसलाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढंगले सरकारले ध्यान दिने बताए ।
आएका आलोचनाहरू सम्बन्धमा पनि तथ्यपरक भएर सरकारले ध्यान दिने र आफूले पनि प्रधानमन्त्री ओलीलाई प्रोत्साहन गर्ने बताए । आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने उनको भनाई थियो । सभापति देउवाले हाम्रो देश ठूला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले शक्ति सन्तुलन लगायत सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए ।
उनले देशभरका पार्टीहरू संयुक्त सरकार बनेयता खुसी र रहेको र यो सरकारलाई पुरा समयसम्म सफल पार्न आएका समस्यालाई समाधान गर्न लाग्ने बताए । सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउँदै सभापति देउवाले सरकारलाई समस्या समाधानका लागि पुरापुर सहयोग हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काँग्रेसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी,पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँ ,जिल्ला सभापति तथा संघीय सांसद दुर्लभ थापा,जिल्ला नेता रवीन्द्र प्रधान र यादव अधिकारीले काँग्रेसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्न सक्नुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












