गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित
भैरहवा- थाइल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परीक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षरत भैरहवास्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित छन् ।
कात्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनीले जनाएको छ । आइतबार बिहान ७ बजे चालक दलका सात सदस्यसहित थाइको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । हप्तामा २ उडान गर्ने तालिका तय भएपछि परीक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा वाटर स्यालुटसहित स्वागत गरिएको थियो ।
केहीबेरको बसाईपछि विमान बिहान ७:४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
‘यो तालिका अनुसारकै फ्लाइट हो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने छ । त्यसपछि हप्ताको दुई उडान गर्ने छ’, उनले भने, ‘कात्तिक २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गतेदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ यहाँ अवतरण गरेर एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’
थाइ एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।
भैरहवा विमानस्थलबाट उडान गर्न केही दिनअघि मात्रै थाइले अनुमति पाएको थियो । थाइ एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडौंमा पुनः उडान सुरु गर्न अनुमति पाएको छ । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार छ ।
अरु पनि आउँदै
यहाँबाट संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् ।फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेका छन् ।
सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ : ४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने छ। उक्त जहाज यहाँबाट २ : ४५ बजे काठमाडौं हुँदै दुबई जानेछ ।
यसअघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीबार र शनिवार बिहान ७ : ३० बजे भैरहवामा अवतरण गर्नेछ । त्यसपछि ८ : ३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











