विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता
काठमाडौं । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उहाँलाई बधाइ दिने क्रम सुरू भएको हो । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु। इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।”
“हामी एक बलियो ट्रान्सएटलान्टिक एजेन्डामा सँगै काम गर्नेछौँ,” भोन डेर लेयेनले एक्समा लेख्नुभएको छ । त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उहाँको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै भन्नुभयो, “हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ।” अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणाममा अग्रता कायम गरिरहेको अवस्थामा नै सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोँले लेख्नुभएको छ, “तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ।”
परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भन्नुभयो, “हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं ।” उहाँले भन्नुभयो, “हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं।”
त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । “म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु। यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्व अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताउनुभएको छ ।
नेतन्याहूले आफ्नो कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई१ ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ सुरुवात प्रदान गर्दछ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्दछ। यो ठूलो विजय हो।”
उहाँले भन्नुभयो, “उहाँको नेतृत्व हाम्रो गठबन्धनलाई बलियो बनाउन फेरि महत्वपूर्ण हुनेछ । म नाटोमार्फत शक्तिको माध्यमबाट शान्तिलाई अगाडि बढाउन उहाँसँग फेरि काम गर्न उत्सुक छु,” रुटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा हुने क्रमसँगै डलरको भाउ बढेको छ । बिटक्वाइनले उच्च रेकर्ड हासिल गरेको छ र युरोपेली शेयर बजारमा उछाल आएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गर्नुभएको छ ।
अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भन्नुभयो, “बजारहरू पछि के हुन्छ बिश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेका छन्, तर केही समयको लागि, बजारले उच्च वृद्धि र उच्च मुद्रास्फीति दृष्टिकोणबाट मूल्य निर्धारण गरिरहेको छ।”
ट्रम्पको समर्थनमा खरो उत्रिनुभएका एलन मस्कको टेस्ला कम्पनी ९सन् २००३ मा स्थापित टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी० को शेयरमा प्रारम्भिक १२ प्रतिशतले उछाल आएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनले बुधबार अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएको दाबी गरेका डोनाल्ड ट्रम्पको कदमको मूल्याङ्कन गरेर समर्थज वा आलोचना गर्ने बताएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भन्नुभयो, “हामी ठोस कदम र ठोस शब्दका आधारमा निष्कर्ष निकाल्नेछौँ। ”
‘ट्रम्पलाई चुनावमा बधाई दिने राष्ट्रपतिको योजनाबारे आफूलाई जानकारी नभएको’ उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












