नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ ।
भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । अब ८ नोभेम्बर (२३ कात्तिक) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिनुभयो । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपियाँ रहेको छ ।
त्यस्तै कात्तिक २४ गते फ्लाई दुबई र कात्तिक २५ गतेदेखि जजिरा एयरवेजले उडान गर्ने तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको सूचना अधिकारी भुलले जानकारी दिनुभयो । उनीहरूको उडान तालिका भने स्वीकृत भइसकेको छैन ।
यहाँका पर्यटन व्यवसायीले भने विगतमा जस्तै यात्रु अभावका कारण देखाउँदै विमान कम्पनीले उडान नगर्ने जोखिम अझै रहेको बताउँदै आएका छन् । विगतमा पनि जजिरासहित एअरलाइन्सले केही समय उडान गरे पनि यात्रु अभाव भएपछि एक महिनापछि उडान बन्द गरेका थिए । यहाँका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित अर्बौं लगानी होटल व्यवसायमा गरेका छन् । पर्यटन व्यवसायी सिपी श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त नहुँदा विमानस्थललक्षित होटललगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपियाँ लगानीका व्यवसाय जोखिम र सङ्कटमा परेको बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्व अध्यक्ष सागर अधिकारीले तीन वटा विमान कम्पनीले नियमित उडान भर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको बताउनुभयो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












