गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
काठमाडौं । जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक संयुक्त विज्ञप्तिमा गाजा पट्टीमा पोलियो खोप अभियानको दोस्रो चरण पूरा भएको पुष्टि गरेका छन् । अभियान अन्तर्गतमा दश वर्ष मुनिका पाँचलाख ५६ हजार ७७४बच्चाहरूलाई पोलियो खोपको दोस्रो मात्रा दिइएको छ ।
अनुमानित सात हजारदेखि दश हजार बालबालिका दुर्गम क्षेत्रहरूमा खोप लगाउन बाँकी रहेको र उनीहरू पोलियो भाइरसको जोखिममा रहेको जनाइएको छ ।
सेप्टेम्बर १–१२ सम्म लागू गरिएको खोपको पहिलो चरणमा पाँच लाख ५९ हजार १६१ वा ९५ प्रतिशत बालबालिकालाई खोप लगाइएको थियो । अक्टोबर १४ देखि गाजामा खोपको दोस्रो चरण निर्धारण गरिएपनि आक्रमणको तीव्रताका कारण सबै बच्चाहरूको पहुँचमा भने पुग्न नसकिएको युनिसेफले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता
काठमाडौँ: चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल...
-
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा...
-
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
काठमाडौं । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको...
-
डलरको विकल्प नखोज्न ब्रिक्स राष्ट्रहरूलाई ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले डलरको विकल्प...
-
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
काठमाडौं । छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।...
-
फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक...
-
सन् १९६१ पछिको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी वाइन उत्पादन
डिजोन: जलवायु परिवर्तनका कारण विश्वव्यापी वाइन उत्पादन यस वर्ष पुनः घटेको र सन् १९६१ देखिको सबैभन्दा निम्न स्तरमा पुग्ने भाइन...
-
जापानमा ‘नेपाल फेस्टिवल’आजदेखि
काठमाडौं । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा...
-
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
काठमाडौं । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य...