यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो ।
कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आयशा इकबाल पेवेकरले तीन बलमा दुई रन बनाएर आउट भइन् । साराह जसवीले १२ बलमा चार रन बनाइन् भने जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान एक/एक रन बनाए ।
क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, ईशान्वी मोहन सिंह, पर्ल सेरेना साइमन, खादिजा जाहिर हुसेन र अमिषा राम ओलाचेरी शून्य रनमा आउट भए ।
नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई/दुई विकेट लिए । त्यस्तै, कप्तान पूजा महतो, कृश्मा गुरुङ, मनिशा कुमारी उपाध्यायले समान एक÷एक विकेट लिए । यो खेलमा कुवेतले अतिरिक्त दुई रन पायो ।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय तीस रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् ।
साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरिन् । ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छ/छ रन बनाए भने सीमा केसीले चार रन बनाएकी थिइन् ।
नेपालका लागि कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले एक रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त १६ रन प्राप्त गरेको थियो ।
कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई र जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एक÷एक विकेट लिएका थिए । यसँगै कुवेतले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार युएई०ले एक सय छ रनको अन्तरले कुवेतलाई पराजित गराएको थियो ।
यो जितसँगै नेपालले अब शनिबार यसएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











