धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् ।
तराई मधेशमा भव्यरुपमा मनाइने छठपर्वको जनकपुर र वीरगंजमा स्थलगत अवलोकन पछि बाराको प्रसिद्ध धार्मिक स्थल गढीमाई पुगेका महामन्त्री थापाले गढीमाईमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्रका जाति जनजाति भाषा धर्म संस्कृतिलाई बुझे मात्र देश बुझ्न सकिने कुरामा जोड दिए ।
उनले मधेशलाई बुझ्न जनकपुर, वीरगंज, सिम्रौनगढ, गढीमाई पुग्नै पर्ने बताउँदै मधेस अन्नको भण्डार रहेको हुँदा मधेसका कृषिका समस्यालाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए ।
महामन्त्री थापाले गढीमाईको महत्व अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको हुँदा यसबर्ष लाग्ने गढीमाईको पञ्चवर्षीय मेला तथा यहाँको धार्मिक पर्यटन प्रबद्र्धन गर्न आवश्यक सहयोगका लागि पर्यटन मन्त्रालयलाई आग्रह गरे ।
थापाले आफु यसपटक जनकपुरका साथै वीरगंजको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चित घडिअर्वा छठ घाट पोखरीको आज बिहान सपरिवार स्थलगत अवलोकन गर्ने अवसर जुटेकोमा खुशी व्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौंको कमलपोखरीमा समेत भव्यरुपमा छठ पर्व मनाइने संस्कार बढ्दै गएको बताए ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












