धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् ।
तराई मधेशमा भव्यरुपमा मनाइने छठपर्वको जनकपुर र वीरगंजमा स्थलगत अवलोकन पछि बाराको प्रसिद्ध धार्मिक स्थल गढीमाई पुगेका महामन्त्री थापाले गढीमाईमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्रका जाति जनजाति भाषा धर्म संस्कृतिलाई बुझे मात्र देश बुझ्न सकिने कुरामा जोड दिए ।
उनले मधेशलाई बुझ्न जनकपुर, वीरगंज, सिम्रौनगढ, गढीमाई पुग्नै पर्ने बताउँदै मधेस अन्नको भण्डार रहेको हुँदा मधेसका कृषिका समस्यालाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए ।
महामन्त्री थापाले गढीमाईको महत्व अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको हुँदा यसबर्ष लाग्ने गढीमाईको पञ्चवर्षीय मेला तथा यहाँको धार्मिक पर्यटन प्रबद्र्धन गर्न आवश्यक सहयोगका लागि पर्यटन मन्त्रालयलाई आग्रह गरे ।
थापाले आफु यसपटक जनकपुरका साथै वीरगंजको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चित घडिअर्वा छठ घाट पोखरीको आज बिहान सपरिवार स्थलगत अवलोकन गर्ने अवसर जुटेकोमा खुशी व्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौंको कमलपोखरीमा समेत भव्यरुपमा छठ पर्व मनाइने संस्कार बढ्दै गएको बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











