इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्यायो ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्याएको जनाएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरे ।
सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ ।
सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू सुरु गरेको छ ।
लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।
Comments
अरु समाचार
-
सिरियाली युद्धका कारण एक हप्तामा दुई लाख ८० हजार विस्थापित
काठमाडौं । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार...
-
न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
काठमाडौं । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।...
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब
काठमाडौं । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गर्नुभएको...
-
राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७...
-
दक्षिण कोरियाका राष्ट्रपति सैनिक शासन लगाउने निर्णयबाट पछि हटे
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन ९मार्शल ल० लगाउने निर्णयबाट पछि हटेका छन् । यो...
-
टिकटकले हटायो छ हजार ७८ भिडियो
काठमाडौँ : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र...
-
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सैन्य शासनको घोषणा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन...
-
थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
काठमाडौं । दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी...
-
दक्षिणपूर्वी गिनी एनजेरिकोरको फुटबल मैदानमा झडप हुँदा५६ जनाको मृत्यु
काठमाडौं । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आइतबार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...