क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
काठमाडौं । जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी)ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो ।
निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । आयोजना पुनःनिर्माणका लागि एडिबीले सहयोगको प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार एडिबीले यस खानेपानी आयोजना पुनःनिर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो । बाढीपहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्याङ्की तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्याउँदा रु २१ करोड ८० लाख बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताए ।
धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो । सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत आसोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको हो । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको छ ।
आयोजनाको लागत मूल्य भ्याटबाहेक रु ९९ करोड आठ लाख सात हजार रहेको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो ।
यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनःनिर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ । नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्ने सहमति भएको हो ।
जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगरप्रमख अशोक ब्याञ्जूले बताए । उनका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्नेछन् । करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताए ।
जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिने जनाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











