सन् १९६१ पछिको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी वाइन उत्पादन
डिजोन: जलवायु परिवर्तनका कारण विश्वव्यापी वाइन उत्पादन यस वर्ष पुनः घटेको र सन् १९६१ देखिको सबैभन्दा निम्न स्तरमा पुग्ने भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन ९ओआइभी० ले शुक्रबार बताएको छ । अन्तरसरकारी सङ्गठनका अनुसार विश्वव्यापी उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्ने २९ देशमा उत्पादन २२ करोड ७० लाखदेखि २३ करोड ५० लाख हेक्टरसम्म पुग्ने अनुमान गरिएको छ ।मध्यम स्तरको २३ करोड १० लाख हेक्टोलिटर उत्पादनले सन् २०२३ को तुलनामा दुई प्रतिशत र पछिल्लो १० वर्षको औसतभन्दा १३ प्रतिशत कमी देखाएको छ ।
“दुवै गोलार्धमा जलवायुजन्य चुनौतीहरू पुनः विश्व उत्पादन मात्रा घटाउने प्रमुख योगदानकर्ता हुन्”, ओआइभीले एक प्रतिवेदनमा भनेको छ, “प्रारम्भिक अनुमानहरूले जलवायु परिवर्तनका कारण युरोपेली सङ्घ ९इयु० वाइन क्षेत्रहरूमा जलवायु अवरोधहरूको जटिल परिदृश्य प्रकट गर्दछ ।”ओआइभीका अनुसार सन् २०२३ जस्तै चरम वा असामान्य मौसमी घटनाहरूले विश्व उत्पादनमा मुख्य प्रभाव पार्छन् तथा प्रारम्भिक चिसो, भारी वर्षा र लामो सुक्खा अवधिले अङ्गुरको उत्पादकत्वलाई नाटकीय रूपमा प्रभावित पार्छ ।
गत वर्षको सबैभन्दा ठुलो उत्पादक फ्रान्सको उत्पादन २३ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ । यो यस क्षेत्रको सबैभन्दा ठूलो गिरावट हो । इटालीले गएको वर्षको कम उत्पादनबाट थोरै सुधार गरी फ्रान्सलाई पछाडि पार्दै पुनः शीर्ष स्थान फेरि प्राप्त गरेको छ ।“क्षेत्रहरूको एउटा सानो समूह–विशेष गरी संयुक्त राज्य अमेरिका र हङ्गेरी, जर्जिया र मोल्दोभासहित धेरै पूर्वी युरोपेली देशहरूले–अधिक अनुकूल जलवायु परिस्थितिहरू भोगे र औसत वा औसतभन्दा बढी उत्पादन मात्रा हासिल गरे”, ओआइभीले भनेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












