उपनिर्वाचन अपडेट : ३२ जिल्लामा शान्तिपूर्ण निर्वाचन जारी
काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ३२ जिल्लाका रिक्त विभिन्न ४१ पदका लागि आज बिहानैदेखि मतदान जारी छ । उपनिर्वाचन अन्तर्गत नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
काठमाडौँ कीर्तिपुर नगरपालिकामा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी रहेको छ । जाजरकोटको नलगाड उपमहानगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको मतदानमा हाल सम्म ३ हजार ५ सय ५६ मत खसेको छ भने कुसे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ४ सय २८ मत खसेको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १ हजार ४ सय जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४ सय ५८ रहेको छ । गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ७ सय ३३ मत खसेको छ । तीनवटै मतदान स्थलका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ५ मा जारी उपनिर्वाचनमा अहिलेसम्म २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए । दुई वटा मतदान स्थलमा तीनवटा केन्द्र रहेका छन् । जसमा कुल दुई हजार २ सय २५ मतदाता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको गोरखास्थित हाम्रा संवाददाताले जनाएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा हालसम्म ५ सयले मतदान गरेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता रहेका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका ९ नम्बर वडाका मा ६ सय मत खसेको छ भने त्रियुगा नगरपालिकामा वडा नम्बर १२ मा ११ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म ७ सय १२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी उपनिर्वाचन भइरहेका अन्य विभिन्न स्थानीय तहमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान स्थलमा आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












