उपनिर्वाचन अपडेट : ३२ जिल्लामा शान्तिपूर्ण निर्वाचन जारी
काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ३२ जिल्लाका रिक्त विभिन्न ४१ पदका लागि आज बिहानैदेखि मतदान जारी छ । उपनिर्वाचन अन्तर्गत नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
काठमाडौँ कीर्तिपुर नगरपालिकामा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी रहेको छ । जाजरकोटको नलगाड उपमहानगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको मतदानमा हाल सम्म ३ हजार ५ सय ५६ मत खसेको छ भने कुसे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ४ सय २८ मत खसेको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १ हजार ४ सय जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७ हजार ४ सय ५८ रहेको छ । गुल्मीको मुसिकोट नगरपालिका १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ७ सय ३३ मत खसेको छ । तीनवटै मतदान स्थलका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ५ मा जारी उपनिर्वाचनमा अहिलेसम्म २० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए । दुई वटा मतदान स्थलमा तीनवटा केन्द्र रहेका छन् । जसमा कुल दुई हजार २ सय २५ मतदाता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको गोरखास्थित हाम्रा संवाददाताले जनाएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा हालसम्म ५ सयले मतदान गरेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता रहेका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका ९ नम्बर वडाका मा ६ सय मत खसेको छ भने त्रियुगा नगरपालिकामा वडा नम्बर १२ मा ११ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा अहिलेसम्म ७ सय १२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी उपनिर्वाचन भइरहेका अन्य विभिन्न स्थानीय तहमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान स्थलमा आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












