दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सैन्य शासनको घोषणा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् ।
देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले सैन्य शासन कहिलेसम्म रहन्छ भन्ने चाहिँ बताएका छैनन् । राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको छ ।
सेनाले कुनै पनि किसिमको राजनीतिक भेला वा सामाजिक रुपमा ‘भ्रम’ फैलिने गतिविधि गरे वारेन्टविनै जोकोही पक्राउ पर्न सक्ने समेत भनेको छ ।स्थानीय समाचार संस्थाहरुलाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘संसद् सदस्यहरुलाई अहिले संसद् भवनमा प्रवेश गर्न पनि रोक लगाइएको छ ।’सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा राजधानी सियोलमा रहेको संसद् भवन बाहिर सुरक्षा तैनाथी बढाइएको देखिन्छ ।संसद्मा बहुमत रहेको दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको कदमलगत्तै आफ्ना संसद्हरुलाई संसद् भवन अगाडि भेला हुन उर्दी जारी गरेको थियो ।
विपक्षी दलले राष्ट्रपति योलले विना कारण आपकालीन सैन्य शासन लागू गरेको प्रतिक्रिया दिएको छ । राष्ट्रपति योलकै पिपल पावर पार्टीका नेता हान डोङले पनि उनको निर्णयलाई गलत भन्दै जनताको साथमा त्यसलाई रोकिने बताएका छन् । योभन्दा पहिले सन् १९७९ मा दक्षिण कोरियामा सैन्य शासन लागू भएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











