चितवन राइनोज विरुद्ध कर्णाली याक्सको संघर्षपूर्ण जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । आजा टियु स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
आजको खेलमा विदेशी खेलाडीद्वय शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ ।
तर कर्णालीको विजय सहज रहेन । विशेषगरी सोहेल तनवीरले १९ औं ओभरमा २ रनमात्र दिएपछि कर्णालीलाई अन्तिम ओभरमा विजयका लागि ९ रन चाहिन्थ्यो । अर्जुन घर्तीले रिजन ढकालको पहिलो तीन बलमा २–२ गरेर ६ रन जोडे । चौथो बलमा उनी ११ रनमा रनआउट भए । अन्तिम २ बलमा ३ रन चाहिने अवस्थामा जिसन मक्सुदले चौका प्रहार गरी कर्णालीलाई जिताए ।
धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि याक्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ३१ रनको लक्ष्य १ बल अगाडि पूरा गर्यो । तेस्रो खेलमा आएर कर्णालीले पहिलो विजय हात पारेको हो । चितवनले तेस्रो खेलमा पहिलो पराजय भोगेको हो । ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलास लफ्टी इटोनले कट एन्ड बोल्ड गरे । वाल्टनले ३ छक्का प्रहार गरे । धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरमा ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए ।
यसअघि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीलाई १८ औं ओभरमा लगातार दुई चौका प्रहार गरी उनले आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले कुल ७ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका अर्का भेट्रान शरद भेषावकर ३ बलमा ६ रन बनाई अविजित रहे ।
सोमपालले इनिङ्सको पहिलो बलमा लुक बेन्केन्स्टेनलाई शून्यमा बोल्ड गरेका थिए । दीपक बोहरा ८, विपिन रावल ११ रनमा आउट भए । बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटमा ४९ बलमा ६० रन जोडेका थिए । मल्लले २७ बल खेली २ चौका र १ छक्कासहित २३ रन बनाए ।
देब्रेहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २१ रनमात्र खर्चेर ३ विकेट लिए । उनले १७ औं ओभरमा यान निकोलास लफ्टी इटोन (९) र सोहेल तनवीर (०) लाई आउट गरेका थिए । १९ औं ओभरमा उनले अमरसिंह राउटेलालाई ९ रनमा बोल्ड गरे । जिसन मक्सुदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिएका थिए ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












