न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
काठमाडौं । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।
मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम गोप्य राखिएको) रहेका बताइएको छ ।
दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनै जना पाँच दिनअघि बेपत्ता भएका थिए ।
स्थानीय प्रहरी निरीक्षक विकी वाकरले भने, “शुक्रबार उनीहरू हराएको पाँचौँ दिन पुगेको छ । उनीहरू बाँचेको हुनसक्ने कुनै आधार छैन।”
खतरनाक मौसमका कारण तीन दिनसम्म खोजी कार्य रोकिएको थियो, तर शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका लागि हेलिकप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ ।
खोजी टोलीले यसअघि उनीहरूको भनिएको एक थान ज्याकेट, हिँउमा बाटो बनाउन प्रयोग गरिने हतियार (हाते बन्चरो) लगायतका सामग्री भेटिएको जनाएको छ ।
शुक्रबारको ड्रोन फुटेजमा पनि पदचिह्नहरू पछ्याइएको र उनीहरू तीनै जनाले जुरब्रिगेन पहाडको चुचुरो काटेको सङुकेतहरू पाइएका छन् ।
वाकरले भने, “पर्वतारोहीहरू कति दिनदेखि हराइरहेका छन्, उनीहरूसँग कुनै सञ्चार छैन, हामीले प्राप्त गरेका सामानहरू र आज हाम्रो टोलीको समीक्षापछि, ती व्यक्तिहरू बाँचेका हुनसक्ने कुनै आधार भेटिएन ।”
वाकरले तीनै आरोहीका परिवारसँग सम्पर्क गरिएको बताउँदै र नयाँ सूचना वा विश्वसनीय दृश्य देखिएमा प्रहरीले पुनः खोजी कार्य सुरु गर्ने बताए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












