सन् २०२४ मा विश्वभर प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलरको क्षति
काठमाडौं । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ । जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा छ प्रतिशतले वृद्धि भएको पनि स्विस रेले जनाएको छ । यसैबीच, हेलेन र मिल्टन नामक विनाशकारी आँधीबेहरीका कारण बिमा गरिएको क्षति १७ प्रतिशतले वृद्धि भई १३५ अर्ब अमेरिकी डलर पुगेको स्विस रेले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
बीमा घाटा १०० अर्ब डलरभन्दा माथि पुगेको यो लगातार पाँचौं वर्ष भएको कम्पनीले जनाएको छ ।स्विस रेका विपत्ति र खतराका प्रमुख बाल्ज ग्रोलिमुन्डले एक विज्ञप्तिमा भन्नुभएको छ, “यो बढ्दो क्षतिको बोझको अधिकांश परिणाम शहरी क्षेत्रमा मूल्य एकाग्रता, आर्थिक वृद्धि र बढ्दो पुनर्निर्माण लागतको परिणाम हो।”स्विस रेले बीमा कम्पनीहरूको बीमाकर्ताको रूपमा काम गर्छ र जलवायु परिवर्तनको प्रभावमा जोड दिन्छ ।
ग्रोलिमुन्डले भन्नुभयो, “यस वर्षको धेरै विपत्तिको कारण बनेको परिस्थितिलाई समर्थन गरेर, जलवायु परिवर्तनले पनि बढ्दो भूमिका खेलिरहेको छ।”कम्पनीले विशेष गरी बाढीको बढ्दो बीमा लागतलाई महत्व दिएको छ । युरोप र संयुक्त अरब इमिरेट्समा मात्र तीव्र बाढीका कारण बीमाकर्ताहरूले १३ अर्ब अमेरिकी डलर खर्च गरेका छन्। सन् २०२४ बाढीका लागि विश्वमा तेस्रो र युरोपका लागि दोस्रो सबैभन्दा महँगो वर्ष हो ।
संयुक्त राज्य अमेरिकाले यसबीचमा सबैभन्दा बढी बीमा गरिएको नोक्सानी व्यहोरेको छ ।सेप्टेम्बरको अन्त्य र अक्टोबरको सुरुमा दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा आएको ‘हेलेन’ र ‘मिल्टन’ नामक आँधीका कारण मात्रै ५० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको स्विस रेले जनाएको छ ।तीव्र आँधीबेहरीको उच्च श्रृङ्खलाको मतलब संयुक्त राज्य अमेरिकाले सन् २०२४ को कुल विश्वव्यापी बीमा हानिको कम्तिमा दुई–तिहाईको लागी जिम्मेवार रहेको स्वीस बिमा कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











