एनपिएलः सुदूरपश्चिमले लगातार तेस्रो खेल जित्दा, लुम्बिनीको तेस्रो हार
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो । योसँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अङ्क तालिकाको अन्तिममा पुगेको छ ।
पहिलो जितको खोजीमा लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुमै झट्का लाग्यो । शून्य रन छँदा पहिलो विकेट गुमाएको उसले पाँच रनमा दोस्रो विकेट र नौ रन छँदा तेस्रो विकेट गुमायो । साथै १९ रन छँदा चौथो र पाँचौ विकेट गुमाएपछि लुम्बिनी दबाबमा परेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका विवेक यादवले १४२ दशमलव ५९ को स्ट्राइक रेटमा ७७ रन बटुले पनि त्यो जितका लागि पर्याप्त भएन् ।
लुम्बिनीका अर्जुन साउद, साद विन जफर, रामेन साइमन्डस् र दुर्गेश गुप्ता शून्य रनमा आउट हुँदा सुन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको जितमा ब्राण्डोन म्याक मुलेन र सेफ अलि जेबले समान तीन विकेट लिए भने स्टक कुगेलेनले दुई र अभिनाश बोहोराले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको आक्रमक ब्याटिङमा कुल एक सय ८७ रनको योगफल तयार पारेको थियो । सेफले ६१ बल खेल्ने क्रममा छ चौका र पाँच छक्काको सहयोगमा ९० रन बनाए । कूल १९ बल खेलेका दीपेन्द्र सिंह ऐरीले चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । त्यसैगरी ब्राण्डेन म्याक मुलेनले २३ र बिनोद भण्डारीले १७ रन बनाए ।लुम्बिनीका लागि रामेन साइमन्डसले दुई, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक/एक विकेट लिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











