आजको राशिफलः २०८१ साल मंसिर २३ गते आज आइतबार
मेषः मिहिनेत गर्दा भाग्यले साथ दिनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिस्तारै सम्पादन हुनेछन्। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
वृषः सानोतिनो समस्याले अल्झाउनेछ भने श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ। परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला।
मिथुनः आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कटः सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ। साँझतिर गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुहोला।
सिंहः हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।
कन्याः पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। पहिलेका समस्या सुल्झाउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।
तुला : देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। प्रयत्न गर्दा केही अवसर प्राप्त हुनेछन् तर अरूको विश्वास गर्दा काममा धोका हुन सक्छ। आश्वासन दिनेहरूले पनि प्रतिबद्धता पूरा नगर्न सक्छन्।
वृश्चिकः पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। साँझतिर स्थितिमा सुधार आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
धनु : लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ। साँझदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर नाम, दाम र प्रतिष्ठा हातपार्न सकिनेछ। सुरुमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा फसेको रकम उठ्न सक्छ।
मकरः मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। साँझदेखि बसाइको स्थानान्तरण वा यात्रा हुने सम्भावना छ। खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कुम्भ : भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। अवसरले जीवनशैलीमा पनि परिवर्तन आउनेछ। आँटले काम बन्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मीनः व्यापारमा राम्रो फाइदा हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। साँझतिर कामको चापले जीवनशैली व्यस्त रहनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












