एनपीएल: लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित, लुम्बिनीको चौथो हार
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) प्रतियोगितामा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ ।
उसलाई आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले केबल १ रनको झिनो अन्तरले हराएको हो । जनकपुरले दिएको १३७ रनको सामान्य चुनौती पनि लुम्बिनीले भेट्टाउन नसकेको हो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।
त्यसलाई पछ्याउने क्रममा पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रनमा समेटिँदा १ रनको हार भोगेको हो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन चाहिएको थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी निराश हुन पुगेको हो ।
पराजित लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए । लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १-१ विकेट लिए ।
लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको थियो । तर बलिङमा कमब्याक गरेको लुम्बिनी ब्याटिङमा जम्न नसक्दा लगातार निराशाको सामना गर्न विवश भएको छ ।
पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भए। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।
लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए।
कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एक-एक विकेट हात पारे।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











