निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको छ । पोखरा विश्वविद्यालबाट सम्बन्धन लिएर दुईवटा कलेजमा लगानी भई सञ्चालक तथा डाइरेक्टर पदमा रहेका वेदराज केसीले उपकुलपति पदका लागि मरिहत्ते गरेका हुन् ।
नियमअनुसार जसले निजी कलेजमा लगानी गरेर पदमा पनि बसेको हुन्छ, त्यो व्यक्तिले उपकुलपति, डिन र रजिष्ट्रार पदमा दाबी गर्न पाउँदैन । तर एमाले नेता शंकर पोखरेल निकट मानिएका प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी अहोरात्र उपकुलपति हुने दौडमा छन् ।
उपकुलपति बन्ने दौडमा रहेका केसी पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट र अल्पाइन मेनेजमेन्ट कलेज प्रा.लि.का सञ्चालक हुन् । उपकुलपति वन्नको लागि निश्चित प्रक्रियाहरु हुन्छन् भन्ने बुझ्दाबुझ्दै पनि ढाँटेर उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई प्रलोभनमा पारिरहेको बुझिएको छ । संगठनको अध्यक्ष भएकै कारण उनले एमालेका नेतासँग आफूलाई उपकुलपतिमा नियुक्त गरिदिन अनुरोध गर्दै हिँडेका छन् । विश्वविद्यालयको गुणस्तर सुधार गर्नका लागि राजनीतिक हस्तक्षेप हुन नदिन शिक्षा मन्त्री तथा सिङ्गो सरकारको पहल भइरहेको छ । यस अवस्थामा निजी कलेजका सेयर होल्डर तथा डाइरेक्टर एवम् प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष नै उपकुलपति वन्न तम्सिएपछि विद्यार्थीको उच्च शिक्षामा नै असर गर्ने केही विज्ञहरुको भनाइ छ ।
विश्वविद्यालय स्वायत्तताको केन्द्र हुँदाहुँदै कलेज सञ्चालक केसी उपकुलपति हुन खोजेर स्वार्थ बाझिने काम गरेको कतिपय शिक्षाविद्ले प्रतिक्रिया दिएका छन् । एकातिर दुई÷दुई वटा प्राइभेट कलेजको सञ्चालक र अर्कातिर भीसी हुने खेल स्वार्थ बाझिने विषय हो । निजी कलेजका सञ्चालकलाई उपकुलपतिमा नियुक्ति गरिएमा विश्वविद्यालयका सेवासुविधाहरु त्यही निजी कलेजमा भित्रिने हुन्छ । यस अवस्थामा कानुनी प्रक्रिया मिचेर उपकुलपति नियुक्ति गर्ने प्रयास भइरहँदा उच्च शिक्षावाट युवाहरुले के आशा गर्ने ? भन्ने प्रश्न पनि उठेको छ ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भइ अयोग्य व्यक्ति नियुक्ति गरिएका कारण पनि नेपालमा उच्च शिक्षाको गुणस्तर खस्किएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । यस सञ्चारमाध्यसँगको कुराकानीमा केही शिक्षाविद्हरुले भने, ’हजारौंको संख्यामा नेपाली युवाहरू विदेश अध्ययन गर्न गइरहेको सन्दर्भमा कलेज सञ्चालक एवं प्राध्यापक संगठनका अध्यक्ष नै उपकुलपति वन्ने दौडमा लागेपछि नेपालको उच्च शिक्षाबाट के आशा गर्न सकिन्छ र ?’
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











