निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको छ । पोखरा विश्वविद्यालबाट सम्बन्धन लिएर दुईवटा कलेजमा लगानी भई सञ्चालक तथा डाइरेक्टर पदमा रहेका वेदराज केसीले उपकुलपति पदका लागि मरिहत्ते गरेका हुन् ।
नियमअनुसार जसले निजी कलेजमा लगानी गरेर पदमा पनि बसेको हुन्छ, त्यो व्यक्तिले उपकुलपति, डिन र रजिष्ट्रार पदमा दाबी गर्न पाउँदैन । तर एमाले नेता शंकर पोखरेल निकट मानिएका प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी अहोरात्र उपकुलपति हुने दौडमा छन् ।
उपकुलपति बन्ने दौडमा रहेका केसी पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट र अल्पाइन मेनेजमेन्ट कलेज प्रा.लि.का सञ्चालक हुन् । उपकुलपति वन्नको लागि निश्चित प्रक्रियाहरु हुन्छन् भन्ने बुझ्दाबुझ्दै पनि ढाँटेर उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई प्रलोभनमा पारिरहेको बुझिएको छ । संगठनको अध्यक्ष भएकै कारण उनले एमालेका नेतासँग आफूलाई उपकुलपतिमा नियुक्त गरिदिन अनुरोध गर्दै हिँडेका छन् । विश्वविद्यालयको गुणस्तर सुधार गर्नका लागि राजनीतिक हस्तक्षेप हुन नदिन शिक्षा मन्त्री तथा सिङ्गो सरकारको पहल भइरहेको छ । यस अवस्थामा निजी कलेजका सेयर होल्डर तथा डाइरेक्टर एवम् प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष नै उपकुलपति वन्न तम्सिएपछि विद्यार्थीको उच्च शिक्षामा नै असर गर्ने केही विज्ञहरुको भनाइ छ ।
विश्वविद्यालय स्वायत्तताको केन्द्र हुँदाहुँदै कलेज सञ्चालक केसी उपकुलपति हुन खोजेर स्वार्थ बाझिने काम गरेको कतिपय शिक्षाविद्ले प्रतिक्रिया दिएका छन् । एकातिर दुई÷दुई वटा प्राइभेट कलेजको सञ्चालक र अर्कातिर भीसी हुने खेल स्वार्थ बाझिने विषय हो । निजी कलेजका सञ्चालकलाई उपकुलपतिमा नियुक्ति गरिएमा विश्वविद्यालयका सेवासुविधाहरु त्यही निजी कलेजमा भित्रिने हुन्छ । यस अवस्थामा कानुनी प्रक्रिया मिचेर उपकुलपति नियुक्ति गर्ने प्रयास भइरहँदा उच्च शिक्षावाट युवाहरुले के आशा गर्ने ? भन्ने प्रश्न पनि उठेको छ ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भइ अयोग्य व्यक्ति नियुक्ति गरिएका कारण पनि नेपालमा उच्च शिक्षाको गुणस्तर खस्किएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । यस सञ्चारमाध्यसँगको कुराकानीमा केही शिक्षाविद्हरुले भने, ’हजारौंको संख्यामा नेपाली युवाहरू विदेश अध्ययन गर्न गइरहेको सन्दर्भमा कलेज सञ्चालक एवं प्राध्यापक संगठनका अध्यक्ष नै उपकुलपति वन्ने दौडमा लागेपछि नेपालको उच्च शिक्षाबाट के आशा गर्न सकिन्छ र ?’
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












