ताजा समाचार

नेपाली यू–१९ टिमले हङकङसँग तिनवटा एकदिवसीय सिरिज खेल्ने

काठमाडौं । नेपाली यू–१९ टिमले हङकङसँग तिनवटा एकदिवसीय सिरिज खेल्ने भएको छ।

नेपाल र हङकङबीचको सिरिज मुलपानी क्रिकेट मैदानमा डिसेम्बर १६ देखि २० सम्म हुने नेपाली क्रिकेट संघ (क्यान) जनाएको छ। क्यानले तालिका भने सर्वाजनिक गरेको छैन।

क्यानले मंगलबार नै अविशेक तिवारीको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरेको छ। क्यानले जारी नेपाल प्रिमियर लिगमा नपरेका खेलाडीलाई टिममा राखेको छ।

अघिल्लो साता मात्र युएईमा भएको यू–१९ एसिया कप खेलका ५ खेलाडी पनि टिममा छन्।

नेपाली टिमः अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, सौजनप्रसाद घिमिरे, सुर्यान्सु कोइराला, राजेश बोहोरा, अप्राजित पौडेल, सन्तोष यादव, निरजकुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org