काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिने
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य...
-
जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताएका छन् । बुधवार काठमाडौंमा...
-
प्रधानमन्त्री ओलीद्वारा आफैले अध्यायन गरेको विद्यालय भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको...
-
सुदूरपश्चिमको घातक बलिङसामु निरीह जनकपुर, अपराजित यात्रा टुङ्गियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल) मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । बुधबार भएको पहिलो खेलमा शीर्ष स्थानको...
-
सुदूरपश्चिमसामु सुरुमै धर्मरायो जनकपुर, ७ ओभरमा गुमायो ६ विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगताअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ड्सले दुवैजना ओपनरसहित ६ विकेट गुमाएको छ।...
-
सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले शीर्ष स्थानका दुई टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
आजको राशिफल: २०८१ मंसिर २६ गते बुधवार
मेष - मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र...
-
निजामती विधेयकमा भट्टराईको प्रस्ताव : कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ
काठमाडौँ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गर्नुभएको छ ।...