दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमा प्रहरी छापा
काठमाडौं । दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक–योलको कार्यालयमा छापा मारेको छ ।
दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ ।
राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन। यो प्रहरी कारबाही राष्ट्रपति युन सुक–योलले देशमा सैनिक शासन लगाएको घटनापछि भइरहेको छ।
योनहापको रिपोर्टअनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा राष्ट्रपति युन सुक–योलले देशमा सैनिक शासन लागु गरेका थिए।
तर, ठूलो विरोध भएपछि उनले छ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ र उनको विषयमा अनुसन्धान पनि जारी छ।
यसअघि २०१९ को डिसेम्बरमा बुसानका पूर्व उपमेयरमाथि लागेको भ्रष्टाचारको आरोपसँग जोडिएर राष्ट्रपतिको कार्यालयमा छापा मारिएको थियो । त्यतिबेला अनुसन्धान टोली कार्यालयभित्र प्रवेश गर्न नपाए पनि उनीहरूले मागेअनुसार सामग्री हस्तान्तरण गरिएको थियो ।
बीबीसीका अनुसार त्यतिबेला देशको नेतृत्व पूर्व राष्ट्रपति मून जाए–इनले गरेका थिए । अहिलेका राष्ट्रपति युनले सन् २०२२ मा मात्र पदभार सम्हालेका हुन्। यस पटक अनुसन्धानकर्ताहरू सिधै राष्ट्रपतिको कार्यालय प्रवेश गरेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












