प्रधानमन्त्री ओलीद्वारा आफैले अध्यायन गरेको विद्यालय भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।
तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन्।
यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।
प्रधानमन्त्री ओलीकै आग्रहमा युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
असोज महिनामा देशभर एक सय ८५ आगलागीका घटना
काठमाडाैं । गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क...
-
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, गण्डकी...
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड...












