लगातार ६ दिन घटेको सेयर बजार आज उच्च अंकले बृद्धि
काठमाडौं । लगातार विगतका ६ दिन कारोबार घटेको सेयर बजार आज उच्च अंकले बढेको छ । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको हो।
बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१)७१ प्रतिशत बढेसँगै २७१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको कारोबार भएको हो ।
२ सय ११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । नेप्सेको तुलनामा बैंकिङ सेक्टर दोब्बरले बढेको हो । पूँजीकरणका आधारमा बैंकिङ सेक्टर सबैभन्दा शक्तिशाली रहेकाले यसको प्रभाव बढी पर्दछ ।
विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढे । न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ तथा उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












