लगातार ६ दिन घटेको सेयर बजार आज उच्च अंकले बृद्धि
काठमाडौं । लगातार विगतका ६ दिन कारोबार घटेको सेयर बजार आज उच्च अंकले बढेको छ । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको हो।
बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१)७१ प्रतिशत बढेसँगै २७१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको कारोबार भएको हो ।
२ सय ११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । नेप्सेको तुलनामा बैंकिङ सेक्टर दोब्बरले बढेको हो । पूँजीकरणका आधारमा बैंकिङ सेक्टर सबैभन्दा शक्तिशाली रहेकाले यसको प्रभाव बढी पर्दछ ।
विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढे । न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ तथा उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












