पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
काठमाडौं । विराटनगर किंग्सले र पोखरा एभेन्जर्सबिचको खेलको नतिजा सुपर ओभरबाट हुने भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर समान १३९ रन बनाँएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे। उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए।
४७ रनको ओपनिङ साझेदारी गरेपछि खरेल आउट भएका थिए। खरेल र गौस दुवैलाई विराटनगरका देब्रे हाते प्रतिश जिसीले आउट गरे। जिसीले पोखराका जेन मलिङकलाई पनि ४ रनमा बोल्ड गरेका थिए।
पोखराका कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए। उनलाई विराटनगरका क्रिस सोलले आउट गरे लगत्तैको बलमा त्रितराज दास एलबिडब्लूको धरापमा परेका थिए।
१९औं ओभरमा प्रतिश जिसीले पोखराका माइकल लिक्सलाई ११ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो। पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। ब्याटिङमा रेमन्ड राइफर र नारायण जोशी थिए। बलिङमा बसिर अहमद आएका थिए। पहिलो बलमा नाराणयले रन दिन सकेनन्। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा राइफरले छक्का प्रहार गरे।
चौथो बल डट भयो। पाँचौ बलमा पनि डट नै भएको थियो। अन्तिम बल छक्का भएसँगै दुवैको टोलीको स्कोर बरारबी भयो। खेलमा राइफरले २३ बलमा ३४ रन जोडे।
बलिङमा विराटनगरका प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो।
विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे।
त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए। गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे।
नरेन भट्टले ४ रन मात्र जोड्न सके। उनलाई दिनेश खरेलले सागरबाट क्याच गराए। निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए। किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन जोडे।
अन्तिम ओभरको पहिलो बलमा राइफरले विराटनगरका क्रिस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए। चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगेका थिए। विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट ४ रन जोडे।
बलिङमा पोखराका सागर ढकाल र राइफरले २-२ विकेट लिए। सागरले ४ ओभरमा १५ रन र राइफरले ३३ रन दिए।
जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकाल्न सकेका छन्।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...











