पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
काठमाडौं । विराटनगर किंग्सले र पोखरा एभेन्जर्सबिचको खेलको नतिजा सुपर ओभरबाट हुने भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर समान १३९ रन बनाँएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे। उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए।
४७ रनको ओपनिङ साझेदारी गरेपछि खरेल आउट भएका थिए। खरेल र गौस दुवैलाई विराटनगरका देब्रे हाते प्रतिश जिसीले आउट गरे। जिसीले पोखराका जेन मलिङकलाई पनि ४ रनमा बोल्ड गरेका थिए।
पोखराका कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए। उनलाई विराटनगरका क्रिस सोलले आउट गरे लगत्तैको बलमा त्रितराज दास एलबिडब्लूको धरापमा परेका थिए।
१९औं ओभरमा प्रतिश जिसीले पोखराका माइकल लिक्सलाई ११ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो। पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। ब्याटिङमा रेमन्ड राइफर र नारायण जोशी थिए। बलिङमा बसिर अहमद आएका थिए। पहिलो बलमा नाराणयले रन दिन सकेनन्। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा राइफरले छक्का प्रहार गरे।
चौथो बल डट भयो। पाँचौ बलमा पनि डट नै भएको थियो। अन्तिम बल छक्का भएसँगै दुवैको टोलीको स्कोर बरारबी भयो। खेलमा राइफरले २३ बलमा ३४ रन जोडे।
बलिङमा विराटनगरका प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो।
विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे।
त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए। गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे।
नरेन भट्टले ४ रन मात्र जोड्न सके। उनलाई दिनेश खरेलले सागरबाट क्याच गराए। निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए। किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन जोडे।
अन्तिम ओभरको पहिलो बलमा राइफरले विराटनगरका क्रिस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए। चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगेका थिए। विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट ४ रन जोडे।
बलिङमा पोखराका सागर ढकाल र राइफरले २-२ विकेट लिए। सागरले ४ ओभरमा १५ रन र राइफरले ३३ रन दिए।
जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकाल्न सकेका छन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












