एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी प्रतियोगिताबाटै बाहिरियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णालीले सोमबार सदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।
हारपछि लुम्बिनी भने एक जितमा सीमित भयो । लिग चरणका ७ खेलमा उसले चितवन राइनोजलाई मात्र पराजित गर्न सक्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । उसका लागि टम मुर्सले ३६ र सन्दीप जोराले २४ रनको योगदान गरे ।
यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको थियो । उसका लागि विलिएम बोसिष्टोले सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ रन जोड्दा बाबर हायात २० रनमा आउट भए । बिकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए ।
लिगमा शुक्रबार नै चितवन राइनोज र विराटनगर किङ्सबीच खेल हुनेछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











