बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरको दोस्रो जित, प्लेअफको झिनो सम्भावना कायमै
काठमाडौं । प्लेअफ दौडमा रहेको चितवनलाई विराटनगरले ५१ रनको फराकिलो रन अन्तरले पराजित गरे सँगै काठमाडौंमा जारि नेपाल प्रिमियर लिगको अंकतालिका रोचक बन्दै गएको छ। आज भएको खेलमा बिराटनगरका बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले चितवन राइनोजलाई पराजित गरेको छ ।
एनपीएलमा अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेर लगातार पराजय बेहोरिरहेको विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।
चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ। ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ ।
आजको खेलमा विराटनगरको जितका लागि अलराउण्ड प्रदर्शन गरेका बसिरले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिएका थिए ।
विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । बसिरले ४ ओभरमा १ मेडन राख्दा १९ रन मात्र खर्चेर १ विकेट लिए । यस्तै क्रसि सोल र सुबास भण्डारीले समान १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
कमजोर सुरुवात गरेपनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनै बेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३–४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।
ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासले ।
बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकीय साझेदारी गरेका थिए ।बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरको दोस्रो जित, प्लेअफको झिनो सम्भावना कायमै
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












