आजको राशिफल : २०८१ मंसिर ३० गते आइतवार
मेष: विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ।
वृष पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। आर्थिक स्राेत–साधन जुटाउने समय छ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो, रमाइलाे रहनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।
मिथुन कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर भने सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
कर्कट मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फसेकाे रकम उठाउन सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।
सिंह प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। पेसा–व्यवसायमा साँझतिर मनग्य लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन्।
कन्या सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउने
वृश्चिक सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
धनु रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिरकाे परिवेश रमाइलाे, उल्लासमय रहनेछ। रमाइलो जमघटमा सहभागी भइनेछ। विभिन्न माध्यमबाट नाम, दाम र इनाम कमाउने समय छ।
मकर मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई हराउन सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कुम्भ साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ।
मीन उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। चिताएका काम सम्पादन हुनेछन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












