विराटनगरलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना कायमै
काठमाडौं । विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेल जितेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
लिगमा सबै सात खेल सकेको काठमाडौंले आठ अङ्क बनाएको छ । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२ र माइकल लेभिटले १० रन बनाए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुका साथै चार्स सोल, अनिल खरेल र वसिर अहमदले समान दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाए । ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर, अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाए।
विराटनगरलाई सस्तैमा रोक्न काठमाडौंका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एकएक विकेट लिए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











