सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको हो ।
सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले १६ बलमा एक चौका र दुई छक्कासहित २३ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन जोडे ।
यस्तै, ओपनर विनोद भण्डारीले १४ रन थप्दा हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ भएका थिए ।
पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुशलले २७ रन खर्चिए । यस्तै, रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक विकेट लिए ।
प्रतियोगितामा पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । ६ खेलबाट चार अंक जोडेको पोखरा तालिकाको सातौँ स्थानमा छ । पाँच खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम भने तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिमले आजको खेलमा जित निकाले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।
Comments
अरु समाचार
-
पुस १ गते आज लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
काठमाडौँ : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ...
-
आजको राशिफल: २०८१ पुस १ गते साेमवार
मेष मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
-
धरानमा फस्टाउँदै सिद्रा व्यापार
काठमाडौं । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको...
-
एमाले कार्यशालाको सङ्कल्प-वडा केन्द्रित अभियानदेखि कुप्रचारविरुद्ध प्रतिवाद गर्ने
काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको...
-
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
काठकमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । भारतका स्थलसेनाध्यक्ष जनरल...
-
देशलाई विकृतिबाट सुकृतीतर्फ लान वर्तमान सरकार: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतीतर्फ लान वर्तमान संयुक्त सरकार बनेको दाबी गरेका...
-
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
काठमाडौं । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको...