एमाले र यसको नेतृत्वविरुद्ध भ्रम फिँजाउनेलाई कारबाही गरियोस् : प्रेस चौतारी महासचिव लामा
काठमाडौँ । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नुभएको छ ।
नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् । सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मङ्गलवार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरेपछि महासचिव लामाले कारबाहीको माग गर्नुभएको हो ।
मङ्गलवार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रे जानुभएको र उहाँ माथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम फिँजाउने कोसिस भएको छ । प्रधानमन्त्री ओली मङ्गलवार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीको आज काभ्रेमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानु भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उहाँ र एमालेविरुद्ध फैलाइएकाे भ्रम हो भन्न पुष्टि भएको छ । प्रेस चौतारी नेपालका महासचिव काभ्रेका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलान्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, लामाले भन्नुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












