एमाले र यसको नेतृत्वविरुद्ध भ्रम फिँजाउनेलाई कारबाही गरियोस् : प्रेस चौतारी महासचिव लामा
काठमाडौँ । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नुभएको छ ।
नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् । सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मङ्गलवार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरेपछि महासचिव लामाले कारबाहीको माग गर्नुभएको हो ।
मङ्गलवार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रे जानुभएको र उहाँ माथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम फिँजाउने कोसिस भएको छ । प्रधानमन्त्री ओली मङ्गलवार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीको आज काभ्रेमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानु भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उहाँ र एमालेविरुद्ध फैलाइएकाे भ्रम हो भन्न पुष्टि भएको छ । प्रेस चौतारी नेपालका महासचिव काभ्रेका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलान्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, लामाले भन्नुभयो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












