एसइईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
भक्तपुर : यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो ।
यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।
संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ । विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उहाँले बताउनुभयो । विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ ।
Comments
अरु समाचार
-
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
सिमकोट (हुम्ला): नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट...
-
शीतलहरसम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण
काठमाडौँ: तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको...
-
आजको राशिफल : २०८१ माघ १३ गते आइतवार
मेष: नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न...
-
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको...
-
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ...
-
सिवाईसी नेपाल लघुवित्तको साधारणसभा सम्पन्न, विपन्न नागरिकको हितलाई ध्यान दिइने
पोखरा । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले...
-
चिसो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित
काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण...
-
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि...
-
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको...