सर्वोच्चको आदेशः अब सरकारी कामकाज र दस्तावेजमा जनयुद्ध शब्द प्रयोग गर्न नपाइने
काठमाडौं । सर्बोच्च अदालतले संघीय सरकार र मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेखित ‘जनयुद्ध’ के कारणले असंवैधानिक हो भन्ने प्रष्ट पार्दैै संक्षिप्त आदेश जारी गरेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग गरेर महिमा गाएको र मधेश सरकारमो बजेटमा पनि सोही शब्द प्रयोग भएको भन्दै रामेछापका ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश जारी गर्दै सर्बोच्चले संविधानको प्रस्तावना र धारा ४२ को उपधारा ५ अनुकुल नरहेको भन्दै जनयुद्ध शब्द प्रयोग गर्न नमिल्ने भनेको हो । त्यस्तै तत्कालीन संविधानसभाको संवैधानिक समितिमा बहस भएर वहुमतबाट सो शब्द अश्वीकृत भइसकेको स्मरण समेत सर्बोच्चले गराएको छ ।
यो आदेशसँगै अब सरकारी कामकाज र दस्तावेजमा जनयुद्ध शब्द प्रयोग गर्न पाइने छैन । यसअघि सर्बोच्चले नै जनयुद्ध दिवसमा विदा दिने प्रचण्ड सरकारको निर्णय खारेज गरिसकेको छ । सर्वोच्च अदालतले जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउने अन्तरिम आदेश दिन तीन आधार टेकेको पाइएको छ । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले ‘जनयुद्ध’ शब्दलाई सरकारी कामकाजको भाषामा प्रयोग नगर्न आदेश दिएको थियो ।
मंसिर २६ गते संवैधानिक इजलासबाट जारी आदेशको लिखित पाठमा पाँचवटै न्यायाधीशले हिजो हस्ताक्षर गरेका छन् । सर्वोच्चको आदेशपछि अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न पाइनेछैन । सर्वोच्चको आदेशप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने असन्तुसष्टि जनाएको छ । तर अदालतले जनयुद्ध शब्द नेपालको संविधानको प्रस्तावनामा नभएको, संविधानको धारा ४२ को उपधारा ५ अनुकूल नरहेको र संविधानसभा संवैधानिक समितिको बहुमतबाट अस्वीकृत रहेको आधार बनाएको छ ।
आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको सन्दर्भमा हेर्दा विनियोजन ऐन, २०८१ मा (आ.व. २०८१/०८२ को बजेटको बुँदा नं. २ को दोस्रो हरफमा) प्रयुक्त २०५२ सालको जनयुद्ध भन्ने शब्द र मधेश प्रदेशको विनियोजन ऐन, २०८१ मा (आ.व. २०८१/०८२ को बजेट वक्तव्यको बुँदा नं. २ को तेस्रो हरफमा) प्रयुक्त जनयुद्ध भन्ने शब्द नेपालको संविधानको प्रस्तावना, नेपालको संविधानको धारा ४२ को उपधारा ५ को व्यवस्था अनुकूल नरहेको ।’ संविधानसभा संवैधानिक समितिको २०६६ माघ १९ को बैठकबाट समेत अस्वीकृत भएको आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ, ‘विचारणीय देखिँदा विनियोजन ऐन, २०८१ मा (आ.व. २०८१/०८२ को बजेटको बुँदा न. २ को दोस्रो हरफमा प्रयुक्त २०५२ सालको जनयुद्ध भन्ने शब्द र मधेश प्रदेशको विनियोजन ऐन, २०८१ मा (आ.व. २०८१/०८२ को बजेट वक्तव्यको बुँदा न. २ को तेस्रो हरफमा) प्रयुक्त जनयुद्ध भन्ने शब्द प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म हाल प्रयोग नगरी यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ (४) बमोजिम अनुसार प्रत्यर्थीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












