साउदीबाट फर्किएका एक युवामा मङ्कीपक्स, सरकारले थाल्यो रोकथामको पहल
काठमाडौँ । नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो ।
साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले मङ्कीपक्स पुष्टि भएका तनहुँका ती युवाको अवस्था सामान्य रहेको बताउनुभयो । साउदीबाट फर्किएका युवा मङ्कीपक्सको लक्षण देखिएपछि टोखास्थित ग्रान्डी अस्पताल पुग्नुभएको थियो । अस्पतालले मङ्कीपक्सको आशङ्का लागेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेको थियो । टेकु अस्पतालले छुट्टै आइसोलेसनमा राखेर टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न नमुना पठाएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले मङ्कीपक्स पुष्टि गर्दै सरकारले त्यसलाई नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो । उहाँले हालै साउदी अरबबाट फर्किएका करिब ३६ वर्षीय युवामा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताउनुभयो । यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो ।
कस्तो हुन्छ लक्षण ?
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले मङ्कीपक्स ‘भाइरल जुनोसिस’ रोग भएको जानकारी दिनुभयो । उहाँले मङ्कीपक्स जनावरबाट मानिसमा सरेको भाइरस भएको जानकारी दिँदै ज्वरो आउनु, हातखु्ट्टा, मुखमा बिमिरा देखिनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने बताउनुभयो । उहाँका अनुसार डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मङ्कीपक्सका लक्षण हुन् ।
डा. पुनका अनुसार मङ्कीपक्स सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावरबाट सर्ने जानकारी दिनुभयो । उहाँले शरीरमा देखिएका डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने बताउनुभयो । उहाँले मङ्कीपक्सका कारण आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्ने बताउनुभयो ।
अफ्रिकी देशमा मङ्कीपक्सबाट कैयौँको मृत्यु भइसकेको छ । हाल मङ्कीपक्स १११ देशमा फैलिसकेको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको जनाएको थियो । मङ्कीपक्सको भाइरस भारतमा दु्रत रूपमा फैलिएपछि नेपालमा उच्च जोखिममा राखेको थियो ।
प्रवक्ता डा. बुढाथोकीले मङ्कीपक्स नियन्त्रणका लागि यसअघि नै पूर्वतयारीबारे मन्त्रालयले विषयविज्ञसँग सुझाव लिइसकेको बताउनुभयो । उहाँले हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले यसअघि पनि मन्त्रालयले मङ्कीपक्स नियन्त्रणका लागि सात वटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको जानकारी दिनुभयो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












