नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय र विश्वविद्यालयले लागू गरेको चिनियाँ भाषा कार्यक्रममा पछिल्लो समय नेपालीहरुको दिलचस्पी विस्तार भएको देखिन्छ ।
सीमाना जोडिएको मित्रराष्ट्र चीनसँग व्यापार,पर्यटन,शिक्षा,सँस्कृति,कला,सञ्चारलगायत जनस्तरको सम्बन्ध थप कसिलो हुँदै गएकाले चिनियाँ भाषा अध्ययनका लागि धेरै प्रेरित भएको पाइन्छ । यसै सन्दर्भमा नेपालमा लामो समयदेखि चिनियाँ भाषाको प्रवर्धन गर्दै आएको कन्फ्युसियस इन्स्टिच्युटले २०औँ स्थापना दिवस मनाएको छ ।
ललितपुरको ज्यापु समाजमा आज विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै चीनका मित्रहरूले नेपालमा चिनियाँ भाषाको आकर्षण बढेकोमा खुशी व्यक्त गरे । दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनस्तरसम्म पुर्याउन भाषा र सञ्चार महत्वपूर्ण हुने बताउँदै उनीहरुले त्यसनिम्ति इन्स्टिच्युटले खेलेको भूमिकाको खुलेर प्रशंसासमेत गरेका छन् ।
नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पनि चिनियाँ भाषाप्रति नेपालीहरुमा बढेको रुचिलाई सकारात्मक भनेका छन् । पछिल्लो समय चिनियाँ पर्यटकको वृद्धि भैरहेकाले यसबाट नेपालीले लाभ लिनसक्ने उनको विश्वास छ । त्यस्तै, भाषाकै आधारमा दुई देशका नागरिक आपसमा जोडिंदै गएको श्रेष्ठले बताए ।
कार्यक्रममा ईन्स्टिच्युटका निर्देशक प्रोफेसर डक्टर लि सुआङ्गछङ्ग,नेपाल प्रवासी चिनियाँ संघका अध्यक्ष जिन सियाओडोङ,चाइना सांस्कृतिक केन्द्रकी निर्देशक सियाओ जियाङ,नेपाल स्वयंसेवक शिक्षक संघका अध्यक्ष लिउ युनहाईको उपस्थिति थियो ।
त्यस्तै,ललितपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्यालयको कन्फ्युसिअस इन्स्टिच्युटका निर्देशक डा.बलराम दुवाल,ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जन,नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिशचन्द्र साह र सिनो नेपाल सांस्कृतिक तथा पर्यटन प्रवर्धन समाजका अध्यक्ष ध्रुव पौडेललगायत पनि उपस्थित थिए ।
स्मरणीय छ,त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटले लामो समयदेखि नेपाली नागरिकका लागि नि:शुल्क चिनियाँ भाषा कार्यक्रम चलाउँदै आएका छन् । कन्फ्युसिअस इन्स्टिच्युट र नेपाल चाइना मिडिया फोरमको आयोजनामा केही दिनदेखि काठमाडौँमा नेपाली पत्रकारका लागि भाषा कक्षा सञ्चालन भइरहेको छ ।कार्यक्रममा पाठशाला नेपाल,ख्वप:उच्च मावि,माछापुच्छ्रे स्कूललगायतका छात्रछात्राले कला प्रस्तुति दिएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












