न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु भएको छ । महान्यायाधिवक्ता कार्यालयको ७४औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यस्तो बताउनु भएको हो । उहाँले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको दाबी गर्नु भयो ।
प्रधानन्यायाधीश राउतले भन्नुभयो,‘महान्यायाधिवक्ताको कार्यालयबाट सोही उद्देश्य र भावनाअनुरूप सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण र सरकारी वकिलको व्यावसायिक क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण प्रयास हुँदै आएको मैले जानकारी पाएको छु। फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनीयताका लागि त्यसमा आबद्ध संस्था वा निकायको सक्षमता, निष्पक्षता, व्यावसायिकता र जवाफदेहिता अपरिहार्य छ।’
प्रधानन्यायाधीश राउतले नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिका पनि महान्यायाधिवक्ताले नै निर्वाह गर्नुपर्ने भएकाले सरकारबाट सम्पादन हुने कामकारबाही एवम् निर्णयमा कानुनी व्यवस्था एवम् कार्यविधिको त्रुटी एवम् कमजोरी हुन नपाओस् भन्नाको लागि पनि थप सक्रियता आवश्यक रहेकातर्फ सचेत गराउनु भयो ।
‘अदालतबाट मुद्दाको रोहमा प्रतिपादन गरेको कानुनी सिद्धान्तलाई नेपाल सरकारलगायत सबै निकायले पालना गर्नुपर्ने संवैधानिक व्यवस्थाको पूर्णपरिपालना गराउने दिशामा समेत महान्यायाधिवक्ताको कार्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्ने नै छ भन्ने अपेक्षा लिएको छु,’ प्रधानन्याधीश राउतले बताउनु भयो । अदालतमा पर्ने कतिपय रिट निवेदनको प्रकृति हेर्दा अदालतले एकपटक निरुपण गरेका विषयमा सरकारी संयन्त्रबाट आफैँ कानुन र पूर्वआदेश वा फैसला टेकेर निर्णय दिनसकेमा सरकारी सेवा प्रवाह शीघ्र र प्रभावकारी हुने प्रधानन्याधीश राउतको भनाइ थियो ।
अदालतबाट एकपटक निरुपण भइसकेका विषयमा पनि पटकपटक रिट निवेदन लिइ आउने र अदालतबाट हरेक पटक निवेदन लिइ आउने व्यक्तिका हकमा आदेश जारी गर्नुपर्दा अनावश्यक रूपमा समय खर्चिन परेको भन्दै उहाँले यस विषयमा महान्यायधिवक्ताको कार्यालयबाट नेपाल सरकारका विभिन्न निकायसँग थप समन्वयको पहल हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले आमजनताले छिटो छरितो न्याय पाउनका लागि कानुनमा संशोधन र कमजारी सुधार्न सरकार सधैँ तयार रहेको जनाउनु भयो । कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वमहान्याधिवक्ता डा. दिनमणि पोखरेलले फौजदारी न्याय प्रशासनलाई सुधार गर्न सही अनुसन्धान र अभियोजन जरूरी भएको बताउनु भयो ।
महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीमा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न कानुन बनाउने तयारी भइरहेको भनाइ राख्नु भयो । उहाँले सरकारी वकिल कार्यालयको समग्रपक्षको सुधारमा निरन्तर लागिरहेको पनि प्रष्ट पार्नुभयो । कार्यक्रममा सर्वोत्कृष्ट वर्ष सरकारी वकील २०८१ बाट सहन्यायाधिवक्ता सूर्यराज दाहाल सम्मानित हुनु भयो । कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता डा.दिनमणि पोखरेल,पूर्वनायब महान्यायाधिवक्ताद्वय पदमप्रसाद पाण्डे र विश्वराज कोइरालालाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट सरकारी वकिल तथा कर्मचारीको भूमिका निर्वाह गर्ने विभिन्न सरकारी वकिल कार्यालयका दश जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












