सिद्धबाबा सुरुङमार्ग : छिचोलिए तीन वटै ‘बाइपास’
काठमाडौं । ‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास) छिचोलिएको छ । दोस्रो सहायक सुरुङ छिचोलिएसँगै आयोजनाको तीन वटै सहायक सुरुङ छिचोल्ने काम सम्पन्न भएको हो । यसअघि नै आयोजनाको पहिलो र तेस्रो बाइपास सुरुङ छिचोलिने काम सम्पन्न भएको थियो ।
सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाले तीन वटै बाइपास सुरुङ छिचोलिनु आयोजनाका लागि ठुलो उपलब्धि हासिल भएको बताउँदै अब मुख्य सुरुङ छिचोल्नमा आयोजनाको ध्यान केन्द्रित हुने बताए ।
उनका अनुसार आयोजना अन्तर्गतको दोस्रो बाइपास सुरुङ सोमबार छिचोलिएको हो । यसअघि तेस्रो बाइपास भदौ २६ गते र पहिलो बाइपास असोज ४ गते छिचोलिएको थियो । पहिलो, दोस्रो र तेस्रो बाइपास सुरुङको लम्बाइ क्रमशः १५२ मिटर, १६१ मिटर र १३० मिटर रहेको छ ।
केन्द्रका निर्देशक झाले मुख्य सुरुङको कुल लम्बाइमध्ये अब ७५ मिटर मात्र खन्न बाँकी रहेको बताउँदै अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ३७ प्रतिशत रहेको जानकारी दिए । आयोजनाको मुख्य सुरुङ फागुनको पहिलो साताभित्र छिचोलिने गरी काम भइरहेको उनको भनाइ छ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुने छ ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी) ले निर्माण ठेक्का पाएको यस सुरुङमार्गको खन्ने काम भने २०८० माघ ४ गतेदेखि सुरु भएको हो । यो आयोजना सात अर्ब ३४ करोड २१ लाख रुपियाँको लागतमा निर्माण भइरहेको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङमार्ग बनाउनुपर्ने माग गर्दै आएका थिए । यो क्षेत्रमा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौँ यात्रुले ज्यान गुमाउनु परिरहेको छ ।
सुरुङमार्ग बनेपछि पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका जिल्लाको यात्रा गर्न सहज हुने अपेक्षा गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । गएको एक दशकमा सिद्धबाबा खण्डमा पहिरोका कारण भएको दुर्घटनाका कारण ७० जनाभन्दा बढीको ज्यान गइसकेको छ । दुर्घटना कम गर्न लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यान्वयनमा आएको हो ।
सिद्धबाबा सुरुङ निर्माणका लागि २०७७ मङ्सिर १ गते मन्त्रीपरिषद् बैठकले आवश्यक प्रक्रिया अगाडि बढाउन निर्णय गरेको थियो । २०७८ जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । त्यही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । पाँच वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । दुई वर्षसम्म बाहिरी भागमा प्रारम्भिक काम गरेको निर्माण कम्पनीले पछिल्लो एक वर्षभित्र सुरुङको मुख्य काम गरिरहेको छ ।
‘इपिसी’ मोडेलमा निर्माण हुँदै
केन्द्रका निर्देशक झाले छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सुरुङमार्ग निर्माण भइरहेको बताए । यस मोडेल अनुसार निर्माण कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयम् आफैँले गर्नुपर्ने हुन्छ । यस्तो मोडलमा निर्माण कम्पनीले डिजाइन, खरिददेखि कन्स्ट्रक्सनसम्मको काम आफैँंले गर्नुपर्ने हुन्छ ।
त्यसै गरी सुरुङमार्ग निर्मााण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उनले बताए । ‘डिएलपी’ को अवधिमा सुरुङमार्गको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुने छ ।
यस्तो हुने छ सुरुङमार्ग
यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडकखण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोलानजिकै हुने छ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १।१२६ किलोमिटर हुने छ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’ को हुने केन्द्रका निर्देशक झाले बताए । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग निर्माण भइरहेको छ । सिद्धबाबा सडक तराईबाट पश्चिम पहाड जोड्ने मुख्य मार्ग हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












