उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ
काठमाडौं । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले मङ्गलबार एएफपीलाई बताएका छन् ।
किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् । रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् ।
“युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन”, युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर)का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भने, “यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।
उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनले बताए । उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त बरहेको पाइएको छ ।
उनले अगाडि भने, “उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं। हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।”
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताएका थिए ।
दक्षिण कोरियाले सोमबार एक हजार १०० जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूहहरू पठाउने वा पहिले नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोनहरू पठाउने तयारी गरिरहेको देखिन्छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












