मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर यो पदमार्गको विकास तथा विस्तारमा स्थानीय तह जुटेका हुन् ।
भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम्बुका स्थानीय तह आवश्यक गृहकार्यमा जुटेका छन् ।
पूर्वीक्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो पदमार्गको विकासमा तीन वटा जिल्लाका स्थानीय तह एकजुट बनेर अघिबढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम भ्रमण वर्ष सन् २०२५ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
‘मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको लागि मुन्दुम भ्रमण वर्ष २०२५ मनाउने तयारीमा जुटेका छौँ’ अध्यक्ष बस्नेतले भने, ‘यसको लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका एकजुट भएर अघि बढेका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनको लागि मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ–४ नागीमा यहि माघ १ गतेदेखि ५ गतेसम्म ‘साँस्कृतिक, पर्यटन तथा कृषि मेला’को आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । उक्त कार्यक्रममार्फत मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि यस क्षेत्रमा पर्ने पालिकाको साझा अवधारणापत्र सार्वजनिकसँगै संयुक्तरुपमा हस्ताक्षर गरिने उनको भनाइ छ ।
“मुन्दुम पदमार्गको विकासको लागि मेलाकोसमेत आयोजना गरिएको छ” अध्यक्ष बस्नेतले भने,” सो अवसरमा पदमार्गको विकासका लागि पालिकाको तर्फबाट अवधारणापत्र सार्वजनिक गरिने छ । मेलामा पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनको प्रर्दशनी गरिनेछ ।”
भ्रमण वर्षलाई लक्षित गरेर यो पदमार्गले समेटेका स्थानीयसँग पटकपटक समन्वयत्मक बैठक गरिएको उनको भनाइ छ । संयुक्त बैठकबाट भ्रमण वर्षलाई सफल बनाउन आफ्नो तहबाट खेल्नुपर्ने भूमिका तथा गर्नुपर्ने कामको विषयमा निर्णय गरेर अघि बढेको अध्यक्ष बस्नेतले बताए।
यो पदमार्गको बृहत्तर विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, खोटाङको केपिलाशगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र सोलुको महाकुलुङ गाउँपालिका संयुक्त जुटेका हुन् ।
मुख्य सरोकारवाला सात वटा स्थानीय तहबीच भोजपुरको चखेवामा मङ्सिर ५ गते संयुक्त बैठक गरेर भ्रणम वर्षको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । यो पदमार्गको थप विकास तथा विस्तारको लागि स्विस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा यो वर्ष रु एक करोड ८५ लाख बराबरको काम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।
भ्रमण वर्षलाई केन्द्रीत गरेर पदमार्गको विस्तार, भौतिक संरचनाको निर्माणसँगै खानेपानी, शौचालय, विश्राम स्थललगायतको निर्माण थालिएको उनको भनाइ छ ।
भ्रमण वर्षमा आउने पर्यटकलाई लक्षित गरेर २३ जनालाई पदप्रर्दशकको आधारभूत तालिम दिइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। पर्यटकलाई ढुक्क भएर सहज र सुरक्षित यात्रा गर्न सक्ने वातावरण निर्माण गरिएको उनको भनाइ छ ।
यो पदमार्गको यात्राको क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एक साथ हेर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।
अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडा, तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको छ ।
यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयवासीको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न साथै हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकोले यो क्षेत्र पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।
यो पदमार्गमा भोजपुरको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइँमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । यो पदमार्गको नाम किराँत संस्कृतिबाट राखिएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












