खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने : मन्त्री चौधरी
काठमााडैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आजदेखि पोखराको फेवातालमा सुरु भएको ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’को उदघाटन गर्दै मन्त्री चौधरीले खेलका माध्यमबाट विभिन्न देश र समुदायकाबीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि खेलकुद जरुरी रहेको बताउँदै मन्त्री चौधरीले निरन्तर खेलकुदका गतिविधि सञ्चालन गरी योग्य खेलाडी उत्पदान गर्दै जानुपर्ने गर्नुुपर्ने आवश्यकता औल्याए । मन्त्री चौधरीले ड्रगन बोट रेस फेष्टिभलले पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाल र चीनका नागरिकहरूका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने धारणा राखे ।
पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट कामहरू भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू–१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिम लगायत क्षेत्रमा बजेट विनियोजना गरिने जानकारी दिए । नेपालका लागि चिनियाँ राजदुत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै राजदुत सोङले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताए।
गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताउदै । ड्रगन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
आजदेखि सुरु भई सोमबारसम्म सञ्चालन हुने दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी छन् । प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आइसकेका छन् ।
प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको छ । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












