खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने : मन्त्री चौधरी
काठमााडैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आजदेखि पोखराको फेवातालमा सुरु भएको ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’को उदघाटन गर्दै मन्त्री चौधरीले खेलका माध्यमबाट विभिन्न देश र समुदायकाबीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि खेलकुद जरुरी रहेको बताउँदै मन्त्री चौधरीले निरन्तर खेलकुदका गतिविधि सञ्चालन गरी योग्य खेलाडी उत्पदान गर्दै जानुपर्ने गर्नुुपर्ने आवश्यकता औल्याए । मन्त्री चौधरीले ड्रगन बोट रेस फेष्टिभलले पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाल र चीनका नागरिकहरूका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने धारणा राखे ।
पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट कामहरू भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू–१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिम लगायत क्षेत्रमा बजेट विनियोजना गरिने जानकारी दिए । नेपालका लागि चिनियाँ राजदुत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै राजदुत सोङले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताए।
गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताउदै । ड्रगन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
आजदेखि सुरु भई सोमबारसम्म सञ्चालन हुने दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी छन् । प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आइसकेका छन् ।
प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको छ । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











